काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उक्त प्रस्ताव दर्ता गराएकी हुन्। उनले संसद् सचिवालयमा सोमबार प्रस्ताव दर्ता गराएकी हुन्। प्रस्तावमा सांसद श्रेष्ठले यो प्रकरण ठगी मुद्दाका रुपमा आ पनि केवल ठगीमा मात्रै सीमित भएको बताएकी छिन्।
संगठित अपराध ऐन –२०७० अन्तर्गत संगठित अपराधको दायराभित्र पर्ने देखिएको र नागरिकलाई अर्कै मुलुकको नक्कली शरणार्थी बनाउने कार्य गरी राज्य र नागरिकप्रति घात गरी राष्ट्रद्रोहको अपराध गरेकाले मुलुकी फौजदारी संहिताअनुसार राष्ट्रद्रोहको मुद्दा लगाउनुपर्ने प्रस्तावमा उनले उल्लेख गरेकी छिन्।
1684149594.jpg)
1684149595.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।