काठमाडौं– प्रतिनिधि सभाले संघीय संसद्को संयुक्त समितिको नियमावली निर्माणका लागि १६ सदस्यीय समिति गठन गरेको छ।
प्रतिनिधि सभामा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले समिति गठनको प्रस्ताव पेस गरेका थिए। उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु रहने समितिहरुको नियमावली मस्यौदाका लागि दलहरुकाबीचमा भएको सहमति अनुसारको नाम सभामुखको अनुमतिपछि प्रतिनिधि सभामा पेस गरेका हुन्।
‘संयुक्त समितिको कार्य सञ्चालन नियमावली’ गठनको प्रस्तावमा नेपाली कांग्रेसका तर्फबाट ईश्वरी न्यौपाने र नेकपा एमालेका तर्फबाट योगेश भट्टराईले समर्थन गरेका थिए।
उक्त समितिलाई ७ दिनको समय दिइएको छ। समितिमा रहने सांसदहरुले संसदीय सुनुवाइसहितका संयुक्त समितिहरु सञ्चालन लगायत विषयमा नियमावली निर्माण गर्ने छन्।
समितिमा अनिता देवी, जिवन परियार, ध्रुवबहादुर प्रधान, नागिना यादव, रञ्जुकुमारी झा, रमेश लेखक, सुवासचन्द्र नेम्वाङ, पूर्णबहादुर घर्ती, रामहरि खतिवडा, महशेकुमार बर्तौला, मेटमणि चौधरी, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शोभिता गौतम, सरिता प्रसाई र हितराज पाण्डे रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।