काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरुले साझा संकल्प गर्नुपर्ने बताएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरु साझा संकल्पका साथ अगाडि बढ्नु जरुरी रहेको बताएका हुन्।
उनले भ्रष्टाचारको विषय सत्तापक्ष र विपक्षको विषय नभएर आम नागरिकको साझा विषय भएकाले यसलाई नियन्त्रण गर्नु साझा दायित्व भएको बताए। एक–अर्कालाई आरोप प्रत्यारोप नगरी छानबिनलाई निस्कर्षमा पुर्याउन सम्बन्धित निकायलाई सबैले सहयोग गर्नुपर्ने धारणा राखे।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागजस्ता राज्यका निकायहरु सुस्ताएर बस्नु नहुने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।