काठमाडौं- नक्कली शरणार्थी प्रकरणको विषयमा नाम जोडिएकी कांग्रेस सांसद आरजु राणा देउवाले यो प्रकरण देशकै लागि लज्जास्पद काण्ड रहेको बताएकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देउवाले यसमा आफ्नो कुनै संग्लनता नरहेको बताउँदै यस्तो टिप्पणी गरेकी हुन्।
‘नक्कली शरणार्थी प्रकरण देशकै लागि लज्जास्पद काण्ड हो। कस्तो परिस्थिति होला हाम्रो देशको? आफ्नो भएको नागरिकता पनि त्यागेर म चाहिँ अर्को देशको नागरिक भनेर जाने बाध्यता हुने अवस्था कस्तो होला?,’ देशको परिस्थितिप्रति चिन्ता प्रकट गर्दै सांसद आरजुले भनेकी छन्।
त्यस्तै, सांसद आरजुले मानव बेचबेखिन नेपालको चिन्ताको विषय रहेकोले त्यसप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेकी छन्।
यस्तै, उनले यो प्रकरणमा आफ्नो नाम जोडिएको अडियोको विषयमा छानबिन गर्न प्रहरी उदासिन भएको आरोप लगाएकी छन्। केही दिनअघि सांसद देउवाको नाम जोडेए शरणार्थी प्रकरणबारे एक अडियो सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।