• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण : आशंका गर्दै शीर्ष नेताहरुको भेटमाथि संसद्‌मा प्रश्न

64x64
नेपाल लाइभ सोमबार, जेठ १, २०८०  १४:४१
1140x725

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान चलिरहँदा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकाप एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटलाई लिएर संसदमा पनि प्रश्न उठेको छ। 

प्रतिनिधि सभाको बैठकमा सोमबार विशेष समय लिएर बोल्ने सांसदहरुले शीर्ष नेताहरुले किन यो प्रकरणमा अनुसन्धान चलिरहँदा तारन्तार भेट गरिरहेको भन्दै जवाफ माग गरेका छन्। नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उनीहरुको सम्बन्ध शीर्ष नेताहरुसँग भएको भन्दै आशंका भइरहेको उठेको समयमा शीर्ष नेताहरुको भेट र कुराकानीबारे सांसदहरुले प्रश्न गरेका छन्। 

प्रतिनिधि सभाको बैठकमा कुरा उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झाले विपतको समयमा एक साथ नहुने ठूला दलका नेताहरु किन तारन्तार भेट गरिरहेको भन्दै प्रश्न गरे।  

‘नक्कली शरणार्थी प्रकरण सार्वजनिक भएपछि तीन दलका नेताहरु पटकपटक आपसमा भेट भएको सुनेका छौं। विपतको समयमा यसरी तारन्तार भेटेको सुनिएको थिएन,’ उनले भने, ‘अहिले किन भेटिरहेका छन्?’

उनले आशंकाको घेरामा रहेकाहरुको नाम किस्ताकिस्तामा बाहिर आउने कार्य पनि गलत भएको बताए। उनले यसरी किस्ताकिस्तामा नाम सार्वजनिक हुँदा प्रमाण लुकाउनदेखि आफूविरुद्धको प्रमाण समेत नष्ट गर्ने  मौका प्राप्त भएको दाबी गरे। 

‘शंकास्पदहरुको नाम एकै पटक सार्वजनिक होस्,’ उनले भने, ‘पटकपटक गरेर सार्वजनिक गर्ने अनि पक्राउ गर्ने कार्य नहोस्। जसले गर्दा प्रमाण पनि सुरक्षित होस्।’ उनले यो प्रकरणमा राम्रोसँग कारबाही हुन नसकेमा देश नयाँ आन्दोलनमा जाने बताए।‘के देश लामो आन्दोलनको तयारीमा हो?, ’ उनले भने, ‘हो भने हामी यसका लागि तयार नै छौं।’

त्यस्तै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी सार्वजनिक भएदेखि शीर्ष नेताहरुको दौडधुप र भेटघाटले धेरै आशंका जन्माएको बताए। 

नेता यादवले केही दिनयता ठूला तीन दलका नेताहरु निरन्तर भेटिरहेकामा आशंका सिर्जना गरेको भन्दै यसलाई सामान्य घटनाको रुपमा लिन नहुने टिप्पणी गरे। ‘शीर्ष नेताहरुको लगातार भेटघाटले यो मुद्दामा मिलेमतो गर्न खोजेको त होइन भन्ने शंका उत्पन्न भएको  छ, ’ उनले भने, ‘यो सामान्य भ्रष्टाचारको मुद्दा मात्र नभई राष्ट्रद्रोह हो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनले शीर्ष नेताहरुको भेटले यसलाई सामान्य भ्रष्टाचारको घटनामा रुपान्तरण गर्न सक्ने भन्दै आशंका समेत व्यक्त गरे। ‘यो सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गरिँदैछ, यो सामान्य भ्रष्टाचार मात्र होइन,’ उनले भने, ‘यो देशद्रोह हो। यसले राजनीतिमा अविश्वासको वातावरण सिर्जना गरिरहेको छ।’

माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि नक्कली शरणार्थी प्रकरणलाई विषयान्तर गर्न नहुने भन्दै सरकारलाई सचेत गराए। उनले भ्रष्टाचारका विषयमा सिंगै देश र अन्तर्राष्ट्रिय जगत बहसमा भएको भन्दै  मानव तस्कर सहितको विषयमा गम्भीर अनुसन्धान हुनुपर्ने माग गरे। 

‘सम्पूर्ण रुपमा देश यही विषयमा केन्द्रित भएर निष्कर्षमा पुर्‍याइनुपर्छ,’ उनले भने,‘घटनालाई विषयान्तर गर्ने, कमजोर पार्ने अरु विषयहरु उठाउनु भनेको अन्तत: भ्रष्टाचारलाई नै मद्दत पुर्‍याउनु हो।’ उनले मानव तस्करको विषय टुंगोमा पुर्‍याएर मात्रै सरकारले अर्को फाइल खोल्नु पर्नेमा जोड दिए।   
यसैगरी नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबारे सदनमा जानकारी गराउन माग गरे। उनले हालसम्म अनुसन्धानमा के प्रगति भएको छ, त्यसको जानकारी संसदमा गराउन माग गरे। उनले सभामुख देवराज घिमिरेसमक्ष सरकारलाई रुलिङको माग नै गरेका थिए।

पछिल्लो पटक शीर्ष नेताहरु दैनिक भेट्दै आएका छन्। आइतबार चौथो पटक प्रधानमन्त्री प्रचण्ड, ओली र देउवा भेटेका थिए। कुनै समय एकअर्कालाई अनुहार समेत हेर्न नचाहने दलहरुका नेताहरु यो प्रकरण सार्वजनिक भएपछि पटकपटक भेट गरिरहेका छन्। उनीहरुले आफ्नो अडान छोडेर केही निर्णयहरु पनि गरेका छन्।

Xtrem

Xtrem

सर्वोच्चमा प्रधाननन्यायाधीश नियुक्ति, संसदीय समितिहरुको गठन, विचाराधीन विधेयकहरुलाई अगाडि बढाउने निर्णयहरु शीर्ष तहको बैठकबाट भएको छ। तर उनीहरुको भेटलाई लिएर नक्कली शरणार्थी प्रकरणमा आम आशंका भने धेरै भएको छ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरु कुनै न कुनै रुपमा शीर्ष तहमा जोडिएकाले उनीहरुमाथि आशंका उब्जिएको हो।

यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा रहेको छ। अब केही दिनमा प्रहरीले अनुसन्धान सकेर फाइल सरकारी वकिललाई बझाउने तयारी गरेको छ। त्यसपछि सरकारी वकिलको कार्यालयले मुद्दाको रुपमा अघि बढाउनेछ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे
सम्बन्धित सामग्री
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महा... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्