काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका सबै संदिग्धहरुलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद वाग्लेले उक्त माग गरेका हुन्।
‘शरणार्थी प्रकरणमा संदिग्ध सबै छानबिनको दायरामा ल्याइनु पर्दछ र यस प्रकरणको विश्वसनीय टुंगो लागोस् भन्ने खबरदारी गर्न चाहेँ,’ सांसद वाग्लेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।