काठमाडौं– नेकपा एमालेकी सांसद सुनिता बरालले राजनीतिक व्यक्तिहरुले राजनीतिलाई बदनाम गराएको भन्दै कस्तो जीवनशैली अपनाउने भन्ने सम्बन्ध कानुनको आवश्यकता औंल्याएकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद बरालले उक्त आवश्यकता औंल्याएकी हुन्। साथै, सांसद बरालेले यस्ता विषयमा गम्भीर हुन सदनलाई आग्रह पनि गरेकी छ्न्।
‘राजनीतिक व्यवस्था नै बदनाम हुने अवस्थालाई जोगाउनका लागि राजनीतिक व्यक्तिहरुको जीवनशैलीसम्बन्धी कानुन बनाउन आवश्यक देखिएको छ,’ सांसद बरालले भनिन्,‘यो कानुन बनाउने कुरामा यो सम्मानित सदनलाई विशेष ध्यानाकर्षण गराइयोस् भन्ने कुरा माग गर्न चाहान्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।