काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले भुटानी शरणार्थी प्रकरणले देशलाई नै लज्जित बनाएकाले खेद प्रस्ताव पास गर्न माग गरेका छन्।
उनले प्रतिनिधि सभाको शून्य समयमा बोल्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबारे सदनलाई जानकारी गराउन माग गरे।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले सधैं भ्रष्टाचारको कुरा गर्यो। अहिले देशमा कतिले भ्रष्टाचार गरे भन्ने देखायो,’ उनले भने, ‘देशमा अथाह स्रोत साधन हुँदाहुँदै गरिब भएको भन्दै भुटानी शरणार्थी प्रकरण आएको छ।’ उनले नक्कली शरणार्थी प्रकरणले देशका नेताहरुको नै लज्जित बनाएको पनि दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।