काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसको नतिजामा त्रुटि गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सापकोटाले त्रिवि र आरआर क्याम्पसको लापरबाहीको कारण झण्डै ५ सय विद्यार्थीको भविष्यमै चिन्ता उब्जिने गरी समाचार सार्वजनिक भएको बताए।
सापकोटाले भने, ‘आरआर भन्छ, त्रिविको गल्ती भयो। त्रिविको परीक्षा नियन्त्रण कार्यालय भन्छ, आरआर क्याम्पसको कमजोरी छ। एकले अर्कोलाई दोषारोपण गरेर ५ सय बढी विद्यार्थीको जीवनमाथि खेलबाड गर्ने कार्य भइराखेको छ। दुई वर्ष पहिलो हुनुपर्ने परीक्षा दुई वर्ष पछाडि भयो। एक वर्ष लगाएर बल्लबल्ल परीक्षाको नतिजा भयो। त्यो पनि ५ सय बढी विद्यार्थीको नतिजामा अनुपस्थित देखियो।’
१४ महिना लगाएर सार्वजनिक भएको आरआरको क्याम्पस स्नातक तह पहिलो वर्षको परीक्षामा ५ सय बढी मार्कसिटमा त्रुटि देखिँदा विद्यार्थीहरु मर्कामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।