काठमाडौं- नेकपा एमालेका सांसद अम्बरबहादुर थापाले विद्युतीय सवारीमा थोरै कर लाए पनि मूल्य महँगो परेको भन्दै तस्करी भएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद थापाले उक्त आरोप लगाएका हुन्।
‘विद्युतीय सवारी आए अब नेपालमा सहज हुने भयो भनिराछौँ। राज्यले १० प्रतिशत कर र १३ प्रतिशत भ्याट रकम मात्र पाउँछ,’ सांसद थापाले भने, ‘बाँकी ८ लाख पर्ने गाडी ३२ देखि ३९ लाखमा बिक्री भइरहेका छन्। त्यो बाँकी रकम तस्करी भयो कि भएन? त्यसमा राज्यको ध्यान छ कि छैन?’
सांसद थापाले इन्धनबाट चल्ने सावरीले राज्यलाई कर पनि तिर्ने गरेकोले त्यसले राज्य कोषमा सहयोग पुगेको भन्दै विद्युतीय सवारीलाई नियमन गर्नुपर्ने माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।