काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणमा भएको सत्यतथ्य सदनमा जानकारी गराउन आग्रह गरेका छन्। सांसद गैरेले सो विषयमा रुलिङ गर्न पनि सभामुखसमक्ष आग्रह गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले उक्त माग गरेका हुन्।
‘यस्तो जघन्य विषयमा, अपराधजन्य विषयमा आजसम्म सरकारले यो सार्वभौम सदनलाई जानकारी गराउन के कारणले समस्या भएको हो। सरकारले यो विषयमा जानकरी दिनैपर्छ अनि मात्रै सदनको काम बढ्नु पर्छ भन्ने माग गर्न चाहन्छु,’ सांसद गैरेले भने, ‘म सभामुखलाई त्यस अनुसारको रुलिङ गर्न माग गर्छु।’
यसअघि वैशाख २७ गते पनि सभामुखले सरकारलाई उक्त प्रकरणबारे जानकारी गराउन रुलिङ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।