• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसका युवा नेताहरुले थाले रुपान्तरण अभियान

64x64
नेपाल लाइभ सोमबार, जेठ १, २०८०  २०:३६
1140x725

काठमाडौं- नेपाली कांग्रेसको युवा पुस्ताका नेताहरुले सोमबारदेखि कांग्रेस रुपान्तरण अभियान थालेका छन्। मुख्य नेतृत्व सत्ता प्राप्तिको तिकडमबाट बाहिर निस्किन नसकेको भन्दै कांग्रेसलाई आमजनसँग जोड्न उक्त अभियान थालिएको नेताहरुले बताएका छन्। 

अभियानको लुम्बिनी प्रदेश संयोजक समेत रहेका कांग्रेस केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले केन्द्रबाटै केही कार्यक्रम गरिने नदेखिएपछि अभियान थालिएको बताए। सोमबार रुपन्देहीमा एक कार्यक्रम गरेर औपचारिक सुरुवात गरिने उनले जानकारी दिए। अवधारणापत्र भने मंगलबार काठमाडौंमा सार्वजनिक हुँदैछ।

कांग्रेसमा अहिले भइरहेको गतिविधिले उसको लोकतान्त्रिक चरित्रमै प्रश्न उठिरहेको महसुस आफूहरुले गरेको अभियानका कोशी प्रदेश संयोजक गुरुराज घिमिरेले बताएका छन्। उनले भने,  'कांग्रेस आफ्नो पूर्व लोकतान्त्रिक मान्यता अनुरुप चलेन। २००७ सालको क्रान्तिअघि जन्मिएको पार्टीको 'स्पेस' भए पनि समय सापेक्ष माग पूरा गर्न नसक्ने अवस्था देखिन थाल्यो। त्यसैले हामी जुर्मुराउनु परेको हो।'

अभियानले सातै प्रदेशमा संयोजक तोक्ने क्रममा मधेसमा रञ्जित कर्ण, बागमतीमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, गण्डकीमा देवराज चालिसे, कर्णालीमा भुपेन्द्रजंग शाही, सुदूरपश्चिममा भरतबहादुर खड्का संयोजक छन्। 

गएको आम निर्वाचन र त्यसपछि सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेस कार्यकर्ताहरुमा निराशा बढेको छ। कांग्रेसको जनमत घट्दो रहेको देखिएको छ। यस्तो अवस्थामा पनि सभापति शेरबहादुर देउवा सरकारमा सहभागी मन्त्रीको नाम एकलौटी पठाइरहेका छन्। सभापति देउवानिकट रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन्। तर,  उनलाई निलम्बन गरेर छानविनमा सघाउन कांग्रेसको संस्थापन पक्ष तयार देखिँदैन। 

Ncell 2
Ncell 2

यसले कांग्रेसलाई समय सापेक्षित पार्टी बनाउनमा अवरोध सिर्जना गरिरहेको तेस्रो पुस्ताका नेताहरुलाई लागेको छ। आफ्नै नेता खाण पक्राउ परेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई स्वतन्त्र छानबिनका लागि समर्थन गर्न कांग्रेसका यी नेताहरु पुगेका थिए। त्यसलगत्तै रुपान्तरण अभियान घोषणा गरेका हुन्। 'राजनीतिक भारी बोकेको कांग्रेसले अब आर्थिक सामाजिक भारी बोक्न जरुरी छ तर त्यसका लागि केन्द्रीय नेतृत्व तयार देखिएन,' घिमिरेले भने, 'किसान, मजदुर, युवा, विद्यार्थी र व्यवसायीका आवाज सुन्न हामीले उनीहरुसँग संवाद गर्ने प्रयास गर्दैछौं।'

अभियानका क्रममा कांग्रेसलाई आगामी दिनमा कसरी लैजाने भन्ने विषयमा सुझाव संकलन गरिने पोखरेलले बताए। 'भुइँमान्छेका अजेन्डा के छन्? जनता के चाहन्छन्? हामी ती विषयलाई लिएर आउनेछौं,' उनले भने।

अभियान सातै प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछ। प्रतिनिधिमूलक रुपमा प्रदेशमा विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ। अभियानका क्रममा स्थानीय सरकारमा कांग्रेसका प्रतिनिधिले गरिरहेका कामका विषयमा पनि सुझाव संकलन गरिनेछ। आमजनको अपेक्षा अनुसार उनीहरुले काम गरे/नगरेको विषयमा सुझाव लिइने बताइएको छ। 

अभियानको नेतृत्वकर्ता संस्थापन इतरसँग निकटस्थहरु देखिन्छन्, जसले गर्दा कांग्रेसको संस्थापन पक्ष झस्केको छ। यसलाई गुटगत अभियान भनेर केहीले टिप्पणी समेत गरेका छन्। नेता घिमिरे उक्त आरोपलाई खारेज गर्छन्। संयोग त्यस्तो परे पनि कांग्रेसमा रुपान्तरण चाहने सबैको साझा कार्यक्रम भएको उनले बताए। उनले थपे, 'यो कसैलाई देवता र कसैलाई असुर बनाउन गरिएको कार्यक्रम होइन। कांग्रेसलाई चलायमान बनाउने चाहनेहरुको साझा कार्यक्रम हो। त्यही भावना अनुसार हामी प्रस्तुत हुनेछौं। अभियानका क्रममा कहीँ पनि त्यस्तो महसुस हुन दिनेछैनौं।'

पार्टी केन्द्रबाटै निर्णय गरेर चलाउनुपर्ने अभियान रहेको डा पोखरेलले बताए। उनले भने, 'हामीले त्यसका लागि ९ महिना कुर्‍यौं। अभियान त परको कुरा केन्द्रीय समिति बैठक समेत बोलाइएको छैन। पार्टीले नगरेपछि पार्टी केन्द्रीय सदस्य रहेका हामी जोडिएर सुधारका लागि अघि बढेका हौं।'

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
सम्बन्धित सामग्री
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार नेकपा महासचिव ‘विप्लव’ र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ ग... बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भए दलको पदाधिकारीसहितका विवरण परिर्वतन भएकाले निर्वाचन आयोगमा अद्यावधिक गराउन निवदेन... बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्