• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अनेरास्ववियुका ५९ वर्ष : अखिलको ‘नर्सरी’बाट हुर्केकाहरुको हातमा पार्टीको बागडोर

64x64
नेपाल लाइभ सोमबार, जेठ १, २०८०  ०९:२९
1140x725

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) स्थापनाको ५९वर्ष पुगेको छ। कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका रुपमा २०२२ सालमा जन्मेको उक्त संगठनको मूल लिगेसी अहिले नेकपा एमालेसँग छ। 

पञ्चायती शासनकाल २०२२ मा भएको पहिलो महाधिवेशनबाट सुजन खरेललाई अध्यक्ष बनाउँदै उक्त संगठनको सुरुवात गरिएको थियो। अहिले समिक बडालले उक्त संगठनको नेतृत्व गरिरहेका छन्। 

अखिलको नर्सरीबाट हुर्केका नेताहरुले नेकपा एमालेको बागडोर सम्हाल्न पुगेका छन्। अध्यक्षपछिको महत्त्वपूर्ण पद महासचिवमा यही संगठनबाट आएका शंकर पोखरेल छन्। जो २०४८ सालमा भएको ११औं महाधिवेशनबाट अखिलको अध्यक्षमा निर्वाचित भएका थिए। 

अखिलबाटै राजनीति सुरु गरेका योगेश भट्टराई एमालेको सचिव छन्। उनी २०५२ सालमा भएको १३औं महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए। भट्टराईपछि बीचमा अरुण नेपाल अध्यक्ष भए। त्यसपछि २०५५ सालमा भएको १४औं महाधिवेशनबाट अध्यक्ष निर्वाचित हिक्मत कार्की पार्टीको कोशी प्रदेश प्रमुख छन्। 

सोही प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई दुईपल्ट अध्यक्ष भएका नेता हुन्। २०५७ सालमा भएको १५औं महाधिवेशनबाट राजेन्द्र राई अध्यक्ष भए। त्यहीबेला पूर्वमालेबाट रवीन्द्र अधिकारीलाई पनि अध्यक्ष बनाइयो। जो संघीय मन्त्री बने। पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री भएकै बेला उनको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो। यसैगरी २०५९ सालमा भएको १६औं महाधिवेशनमा पनि राई नै दोहोरिए। 

दुई कार्यकाल अखिलको नेतृत्व गरेका राई अहिले एमालेमा छैनन्। एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीमा सक्रिय रहेर राजनीति गरिरहेका छन्। अनेरास्ववियुकै नैतृत्व गरेका ठाकुर गैरे र सुनिता बराल पार्टी केन्द्रीय कमिटीका साथै प्रतिनिधि सभा सदस्य समेत छन्। 

बार अध्यक्षदेखि बालअधिकारकर्मीसम्म
२०२५ सालमा भएको दोस्रो महाधिवेशनबाट अखिल अध्यक्ष बनेका विश्वकान्त मैनालीले कानुन क्षेत्र रोजे। उक्त क्षेत्रको नेतृत्वदायी संस्था नेपाल बार एसोसिएसनको अध्यक्षसम्म बने। अहिले एमालेबाट फुटेको एकीकृत समाजवादीका कानुनी सल्लाहकार छन्। 

२०२६ सालमा ललितपुरमा सम्पन्न तेस्रो सम्मेलनबाट अध्यक्ष बनेका गोविन्दमान श्रेष्ठले लामो समय राजनीति गरेनन्। चौथो महाधिवेशनबाट मुकुन्दबहादुर श्रेष्ठ अध्यक्ष चुनिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यसगरी २०३६ सालमा भएको अखिलको पाँचौ महाधिवेशनबाट टंक कार्की अध्यक्ष चुनिएका थिए। उनी अहिले नेकपा एमालेका केन्द्रीय सदस्य छन्। यसअघि चीनका लागि राजदूत समेत बनिसकेका छन्। कार्की २०३८ सालमा भएको छैटौँ महाधिवेशनबाट अध्यक्ष दोहोरिएका थिए। 

सातौं महाधिवेश आयोजक समितिको संयोजक बनेका गौरी प्रधान बालअधिकारका क्षेत्रमा सक्रिय छन्। सातौँ महाधिवेशनबाट अध्यक्ष भने रामप्रसाद ज्ञवाली निर्वाचित भएका थिए। २०४२ सालमा काठमाडौंमा सम्पन्न आठौँ महाधिवेशनबाट अध्यक्ष बनेका झापाका चन्द्र भण्डारी पनि सक्रिय राजनीतिबाट टाढिएका छन्। 

२०४४ सालमा भएको अखिलको नवौँ र २०४७ सालमा भएको १०औं महाधिवेशनबाट अध्यक्षमा तुलबहादुर गुरुङ चुनिएका थिए। उनले एमाले छाडेका छन्। अहिले एकीकृत समाजवादीको गण्डकी प्रदेश अध्यक्ष छन्। 

एमाले महासचिव रहेका शंकर पोखरेल २०४८ सालमा भएको अखिलको ११औं महाधिवेशनबाट अध्यक्ष बनेका हुन्। यसैगरी १२औं महाधिवेशन २०५० सालमा हुँदा अध्यक्षमा रामनाथ ढकाल चुनिएका हुन्। 

Xtrem

Xtrem

२०६२ सालमा भएको १७औं महाधिवेशनबाट खिमलाल भट्टराई अध्यक्ष चुनिएका थिए। उनी अहिले एमाले पोलिटब्यूरो सदस्य छन्। राष्ट्रिय सभा सदस्य रहेका उनले प्रतिनिधि सभामा निर्वाचन लड्न राजीनामा गरेका थिए। पार्टीबाट टिकट पाएका उनी ‘प्राविधिक कारण’ उम्मेदवार हुन भने पाएनन्। 

२०६५ सालमा भएको १९औं महाधिवेशनबाट अध्यक्ष चुनिएकी रामकुमारी झाँक्रीले पनि एमाले छाडेकी छन्। संघीय मन्त्री समेत बनिसकेकी उनी एकीकृत समाजवादीकी सचिव छन्।

२०औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित माधव ढुंगेल एमाले केन्द्रीय सदस्य छन्। २०७० सालमा भएको २१औं महाधिवेशनबाट अध्यक्ष बनेका किशोर विक्रम मल्ल पनि एमालेको केन्द्रमा छन्। २०७२ सालमा भएको २२औं महाधिवेशनबाट अध्यक्ष बनेकी नविना लामा यसअघि प्रतिनिधि सभा सदस्य थिइन्। अहिले केन्द्रीय सदस्य मात्रै छन्। 

नविनाले राजीनमा दिएपछि अध्यक्ष चुनिएका ऐन महर एमाले केन्द्रीय सदस्य छन्। बझाङबाट प्रतिनिधि सभा सदस्य बन्न प्रयास गरेका थिए, तर सफल हुन सकेनन्। 

अनेरास्ववियुको २३ औं महाधिवेशन गत फागुनमा भएको थियो। उक्त महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन
सम्बन्धित सामग्री
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महा... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्