काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ। आइतबार पनि अघिल्लो कारोबार दिन (शुक्रबार)कै दररेटमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २५० रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार भने सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो। शुक्रबारको अघिल्लो दिन (बिहीबार) छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य पनि यथावत् रहको छ। शुक्रबारजस्तै आइतबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।