• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ८, २०८३ Mon, Jun 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सुक्न थाले अलैँची बगान

64x64
रासस शनिबार, वैशाख ३०, २०८०  १९:३४
1140x725

फुङ्लिङ– वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ। यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो। तर अलैँची बगानमा अलैँचीको बोट सुकेर राताम्य भएका छन्। अलैँचीका बोट ढलिरहेका छन्। अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन्। त्यसैले अलैँची बगानलाई कतै आगोको झिल्काले भेट्यो भने ढडेलोको जोखिम उत्तिकै छ। यो दृश्य हो ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सिद्धिडाँडाको।

वैशाख–जेठ महिनामा फूल फुल्नुपर्ने अलैँची अहिले बोट सुकेर सोत्तरजस्तै भएको छ। कुनै समयमा कालो सुनको उपनामले परिचित अलैँची अहिले बगानमै सुक्न थालेसँगै किसान चिन्तित बन्दै गाएका छन्। लामो समय वर्षा नहुँदा पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँची सुक्न थालेको हो।

खोलामा पानी सुकेकाले सिँचाइ गर्ने उपाय छैन। यस वर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा खासै हिउँ पर्न सकेन वर्षा र हिमपात नभएसँगै अलैँची बगानका लागि चिस्यानको थप समस्या भएको छ। हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेको फुङ्लिङ नगरपालिका–६ सिद्धिडाँडाका कृषक कृष्ण गुरुङले बताए। गुरुङले भने, ‘मैले ४० वर्षदेखि अलैँची खेती गर्दै आएको छु। विगतका वर्षमा ४० मन (४० केजीको एक मन) सम्म अलैँची जम्मा गरेँ तर विस्तारै अलैँची रोग र समयमा पानी नपर्दा सुक्न थालेको छ। बोट नै सुक्न थालेपछि फलको के आशा गर्नु र।’ आम्दानीको मुख्य स्रोत अलैँची नै सुक्न थालेपछि किसान चिन्तित बन्न बुगेको सोही गाउँका वीरबहादुर फेम्बूले बताए। 

विगतका वर्षमा पुसको तेस्रो सातादेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्थ्यो। तर, यस वर्ष भने खासै हिमपात भएन। हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीका स्रोत पनि कम हुँदै गएको फक्ताङलुङ गाउँपालिका–५ का पार्वती आधारभूत विद्यालयका प्रधानध्यापक राजु हेल्लोकले बताए। उनले भने, ‘खासै यसपालि हिमालमा हिउँ परेन। पर्याप्त वर्षा पनि भएको छैन। अलैँची बगानमा पर्याप्त सिँचाइ नहुँदा सुक्न थालेको छ।’

सिरिजङ्घा गाउँपालिका–६ माङ्माखेका किसान रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ। गत वर्ष राम्रो मौसम हुँदा यो वर्ष उत्पादनमा वृद्धि भएको थियो। अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउन सक्ने माबोको भनाइ छ। ‘यतिबेला पालो गरी–गरी बोट भिजाउनुपर्ने हो’, उनले भने, ‘खोलामा थोपो पानी नहुँदा सिँचाइको समस्या भएको छ।’

साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्ने अलैँची मा त्यसपछि सिँचाइ गर्नुपर्छ। सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन्। जरामा चिस्यान रहोस् भनेर पतझडले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ। ‘पानी नै नभएपछि यी सबै सम्भावना सकिँदो रहेछन्’, मेरिङदेन गाउँपालिकाका अलैँची कृषक शेखर लिम्बूले भने, ‘केही ठाउँमा पानीको स्रोत भएका कृषकले भने स्प्रिङकल (सिँचाइ गर्ने एक प्रकारको मेसिन)बाट सिँचाइ गरिरहेका छन्।’

गत वर्ष माघभरिमा चारपटक वर्षा भएको थियो। तीन पटकसम्म परेको ठूलो हिमपातले खोलामा पानी प्रशस्तै बग्यो। यसवर्ष चैतमा केही वर्षासँगै आएको असिनाले अलैँचीको पात धुजाधुजा बनाएको छ। चैतमा केही समय वर्षा भए पनि त्यसयता वर्षा हुन नसकेकाले अलैँची सुक्न थालेको किसानको भनाइ छ। यतिबेला जिल्लाका बेँसीदेखि लेकसम्मकै बालीनालीमा असर परेको किसानको दुःखेसो छ।

वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पुर्‍याउँछ। यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ। पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ। जमिन तातेको बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई आहत हुने किनानको भनाइ छ। हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएकाले किसान चिन्तित बनेका छन्। अलैँचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य चाहिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

एक नगरपालिकासहित नौ स्थानीय तह ताप्लेजुङमा ६१ वडा रहेको छ। फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन्। जिल्लाको मुख्य आम्दानी स्रोत भनेकै अलैँची हो भन्दा फरक पर्दैन। 

कृषि ज्ञान केन्द्र ताप्लेजुङको तथ्याङ्कअनुसार यो आर्थिक वर्ष दुई हजार छ सय ५० टन अलैँची उत्पादन भएको छ। जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ। गत वर्षको तुलनामा ५० हेक्टरले कमी रहेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ। फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ।

विगतमा एक मन (४० केजी)को रु एक लाख २० हजारसम्ममा खरिद बिक्री भएको थियो। अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बजारमा प्रतिमन अलैँची ३४ हजारमा खरिद बिक्री भइरहेको फुङ्लिङ नगरपालिका–५ का अलैँची व्यपारी दिनेश अधिकारीले बताए। 

छ अर्ब ३५ करोडको निर्यात
चालू आवको नौ महिनामा नेपालबाट छ अर्ब ३५ करोडको अलैँची निर्यात भएको भन्सार विभागले जनाएको छ। भन्सार विभागका अनुसार गत साउनदेखि चैतसम्ममा गत वर्षको तुलनामा दोब्बर बढी रकमको अलैँची निर्यात भएको हो।

गत वर्ष सोही अवधिमा तीन अर्ब ८५ करोडको अलैँची निर्यात भएको थियो। चालू आवमा आठ अर्ब बराबरको अलैँची निर्यात हुने अनुमान गरिएको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताए। अठहत्तर लाख ७१ हजार किलो अलैँची भारत, पाकिस्तान, जर्मनी र इटलीमा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो र... शनिबार, जेठ ३०, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो र... बुधबार, जेठ २७, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो र... बुधबार, जेठ २०, २०८३
ताजा समाचारसबै
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा सोमबार, असार ८, २०८३
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्