काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विकासका योजना छनोटमा पक्षपात हुँदा त्यसले बिद्रोह निम्त्याउन सक्ने बताएका छन्। तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका- ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै उक्त कुरा बताएका छन्।
‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ,’ उनले भने, ‘बिना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरुले नपाउने भयो भने त्यस्तो अवस्थामा बिद्रोह हुन्छ। पक्षपातरहित ढंगले विकासको समानुपातिक वितरण आवश्यक छ।’
अध्यक्ष तिमिल्सिनाले विकासमा पक्षपात गर्नु हुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने बताउँदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनैटमा पर्छन् भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले बिना पक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।