काठमाडौं- संघीय शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघले शुक्रबार काठमाडौंको माइतीघरमा वृहत प्रदर्शन गरेको छ। प्रदर्शनकारीले संघीय शिक्षा ऐन जारी गर, विद्यालय कर्मचारीका माग पूरा गर, विद्यालय कर्मचारीको तलबमान कायम गर, नेपाल शिक्षक महासंघसँग भएका सम्पूर्ण सम्झौता कार्यान्वयन गर लगायतका नारा लगाएका थिए।
यसका साथै उनीहरुले ६० वर्ष उमेर पूरा भएका विद्यालय कर्मचारीलाई बिदाइ गर्नुपर्ने, बालकक्षा शिक्षकलाई प्राथमिक तह तृतीय श्रेणीको पारिश्रमिक दिनुपर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्नुपर्ने लगायतका नारा लेखिएका प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका थिए।
नेपालमा २०२८ सालमा लागू भएको शिक्षा ऐन पटकपटक संशोधन गर्दै कार्यान्वयन भइरहँदा सरकारले संघीय शिक्षा ऐन जारी गर्न सकिरहेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।