• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इमरान खान वा शहबाज शरीफः को शक्तिशाली?

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २९, २०८०  १३:११
1140x725

काठमाडौं– २४ मे २०२१ मा पाकिस्तान राष्ट्रिय सभाका तत्कालीन विपक्षी दलका नेता शहबाज शरीफले अन्य विपक्षी दलका नेताहरूलाई रात्रिभोजको निम्तो दिएका थिए।

यो रात्रिभोजमा शरीफले विपक्षी दलहरूलाई सत्तामा रहेका इमरान खानको सरकारलाई ध्वस्त पार्न एकजुट हुनुपर्ने अपिल गरेका थिए।

शरीफको पार्टी पीएमएल (एन), पीपीपी र जमीयत उलेमा–ए–इस्लाम लगायत १० भन्दा बढी दलहरू छलफलमा थिए। 

त्यसअघि नै पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको आन्दोलन सुरु भइसकेको भए पनि त्यो दिनको विपक्षी दलहरूको मोर्चावन्दीपछि मात्र आन्दोलनले थप गति लिन थाल्यो। 

अन्तत: गत वर्ष अप्रिलमा तत्कालीन प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि पीडीएमले पहिलो सफलता पाएको थियो। यसपछि विपक्षी दलको नेता भएकाले यसका नेता शहबाज शरीफले प्रधानमन्त्रीको सपथ लिएका थिए। 

त्यसपछि खान विपक्षी वेञ्चमा पुगे। त्यतिमात्र हैन, उनी मंगलबार पक्राउ पनि परे। तर बिहीबार मात्र त्यहाँको सर्वोच्च अदालतले खानलाई रिहा गर्न आदेश दिइसकेको छ। तर सत्ताधारीहरूको ‘मिसन’ मुताबिक नै खानलाई जेल पुर्‍याउन भने सफल भएका छन्। 

खानविरुद्ध पीडीएम अभियानमा धेरै ठूला अनुहार संलग्न छन्। शरीफ, मरियम नवाज, आसिफ अली जरदारी, बिलावल भुट्टो जरदारी, मौलाना फजलुर्र रहमान जस्ता नामहरू छन्। यो मोर्चाका शरीफ एक ठूलो अनुहार बन्न पुगे। यसको पछाडिको कारण भनेको पहिलो त उनी प्रधानमन्त्री बन्न सके र दोस्रो उनका दाइ नवाज शरीफ अहिले पकास्तिानमा छैनन्। नवाज पकास्तिानका समकालिन नेताहरू मध्येका शक्तिसाली थिए जो पूर्वप्रधानमन्त्री पनि हुन्।  

शरिफ नेतृत्वले खानलाई जेलमा त पुर्‍यायो। तर अब प्रश्न उठ्छ इमरान खान जेल पुर्‍याउन सफल भएको शरीफ र पीडीएमको अभियान अब कुन दिशामा जान्छ? यसको जवाफ सजिलो छ। त्यो हो पाकिस्तानको राजनीतिको मियो सेना हो। अब उसले के मार्गनिर्देश गर्छ भन्नेले निर्धारण गर्छ। 

Ncell 2
Ncell 2

सबैको पछाडि सेना छ? 
पाकिस्तानको राजनीतिबारे जनरल जिया उल हकले सत्ता हत्याएसँगै एक मान्यता स्थापित छ। त्यहाँको राजनीतिको व्यवस्थापन,नियन्त्रण र निर्देशेन सेनाले गर्छ भन्ने मान्यता छ। त्यसो त पाकिस्तानको राजनीतिमा सेनाको हस्तक्षेप हुन्छ भन्ने स्विकार्यता सारा विश्वले गरेको छ। 

पाकिस्तानी सेनाले आफ्नो स्वेच्छाले सरकार बनाउँछ र  सेना प्रमुखको कार्यकालसम्म थप नहुने स्थिति भएमै पनि सरकार ढाल्न लाग्छ।

यसलाई इंगित गर्दै बीबीसी उर्दूका पत्रकार सकलेन इमामले पाकिस्तानको राजनीतिक अवस्थालाई चारवटा आयाममा हेर्न सुझाव दिन्छन्।

उनी भन्छन्, ‘पहिलो, राजनीतिज्ञ आफै कत्तिको बलियो छ, दोस्रो, पाकिस्तानमा प्रतिपक्षको अवस्था कस्तो छ, तेस्रो, क्षेत्रीय राजनीति कसरी चलिरहेको छ। उदाहरणका लागि, चीन, भारत वा अफगानिस्तानको अवस्था कस्तो छ। सबैभन्दा ठूलो र चौथो कारक भनेको अमेरिका के चाहन्छ भन्ने हो।’

यसका पृष्ठभूमिमा सेनालाई भने बिर्सन नहुने इमाम बताउँछन्। 

कत्तिका बलिया छन् शरीफ? 
खानसँग शरीफको तुलना गर्ने हो भने उनी राजनीतिक पिचका खेलाडी हुन्। शरीफ १३ वर्षसम्म पञ्जाब प्रान्तको मुख्यमन्त्री थिए। उनलाई विकासवादी नेता पनि भनिन्छ। 

साथै पूर्व–प्रधानमन्त्री शरीफका भाइ समेत रहेकाले उनीसँग थप राजनीतिक पुुँजी समेत छ। 

शरीफले सुरुमा आफ्ना दाजु नवाजको सहयोगीको रुपमा काम गर्थे। नवाजकै सहयोगमा उनी राजनीतिमा प्रवेश गरेका हुन्। 

शरीफले पञ्जाबको तस्विर बदलेको श्रेय जाने गरेको छ। त्यहाँ मेट्रो बस, ट्रेन सेवाको विस्तार भएको थियो। यद्यपि , उक्त परियोजनाले आर्थिक लाभ नदिएकोले शरीफमाथि भ्रष्टचारको आरोप भने लाग्ने गरेको छ। 

लामो राजनीति विरादरी बोकेका शरीफ राजनीतिक रुपमा खान भन्दा पक्का खेलाडी हु्न्। विपक्षीहरूलाई एक ठाउँमा ल्याउनसकेकै कारण आज शरिफ सत्ताको बागडोर सम्हाल्न सफल भएका छन्। 

तर खानको व्यक्तित्वमा असर गरेको छैन
पाकिस्तानका एकथरी विश्लेषक अहिले पनि इमरान खानको लोकप्रियतामा कुनै कमी नभएको दावी गर्छन्। इस्लामावादस्थित एक वरिष्ठ पत्रकार शहजादा जुल्फिकार भन्छन्, ‘अब इमरान खानको पार्टी पीटीआईलाई फोड्ने प्रयास हुन सक्छ।’ 

उनको दाबी छ,‘खानको फ्यान फलोइङ उस्तै रहनेछ, तर उनको पार्टी भङ्ग भयो भने त्यो घट्न सक्छ। उदाहरणका लागि उनलाई ६ महिनाको लागि चुनाव लड्न अयोग्य बनाउने प्रयास हुन सक्छ। यसले उनलाई राजनीतिक प्रतिस्पर्धाबाट बाहिर पुर्‍याउने प्रयास हुनसक्छ।’

बिहीबार अदालतले जेल मुक्त गर्ने आदेश दिए पनि अबको अवस्था के हुनसक्छ भन्ने आंकलन गर्न भने कठिन रहने जानकारहरू बताउँछन्। 

खानमाथि महत्वपूर्ण सरकारी सम्पत्ति बेचेको आरोप लागेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
सम्बन्धित सामग्री
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन भारतीय सञ्चार माध्यमहरुका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो । बुधबार, माघ १४, २०८२
होलोकास्ट स्मृति दिवस : छ लाख यहुदीप्रति श्रद्धाञ्जली संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जनवरी २७ मा होलोकास्ट बुधबार, माघ १४, २०८२
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध ईयू परिषद्ले विज्ञप्ति जारी गर्दै नयाँ नियमहरूमा ऊर्जा आपूर्तिको प्रभावकारी अनुगमन र विविधीकरणका उपायहरू पनि समावेश गरिएको उल्लेख गर... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो बुधबार, माघ १४, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्