काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले मौद्रिक नीतिलाई केहि लचिलो बनाएको उल्लेख गरेको छ।
‘मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ,’ राष्ट्र बैंकले सार्वजकि गरेको समीक्षा प्रतिवेदनमा उल्लेख गरेको छ।
यस्तै, मौद्रिक नीतिलाई अलि लचिलो बनाउँदै राष्ट्र बैंकले विद्यमान बैंक दरलाई १ प्रतिशतले घटाएको छ। सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधाको रुपमा प्रदान गरिने ऋणमा लिने ब्याजदरलाई बैंकदर भनिन्छ।
‘मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ,’ समीक्षा प्रतिवेदनमा भनिएको छ, ‘ब्याजदर करिडोरअन्तर्गत अन्य दरहरुलाई यथावत राखिएको छ।’
मौद्रिक नीति कसिलो भएको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीले अलि खुकुलो बनाउने पर्ने भन्दै राष्ट्र बैंकलाई दबााब बढाउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।