काठमाडौं- सरकारले नयाँ स्टक एक्सचेञ्ज ल्याउने प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ। नेपाल सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन्।
नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्जको लागि प्रक्रिया अघि बढेको थियो। विभिन्न स्वार्थ समूहले उक्त एक्सचेञ्ज हत्याउन प्रयास गरिरहेका थिए।
सरकार निकटस्थ पनि उक्त खेलमा सक्रिय रहेको सूचना सार्वजनिक हुन थालेपछि रोकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।