नयाँदिल्ली- भारतको कर्नाटकमा भारतीय जनता पार्टी (भाजपा) पछि परेको एक्जिट पोलले देखाएका छन्। अघिल्लो निर्वाचनमा बहुमतसहित सरकारमा पुगेको भाजपमाथि यसपल्ट कांग्रेस भारी पर्ने देखिएको छ।
कर्नाटकमा मतदान सकिएलगत्तै एक्जिट पोल आएका छन्। पाँच एक्जिट पोलमा चारले भारतीय कांग्रेसले बहुमत प्राप्त गर्ने देखाएका छन्। जम्मा ७२ प्रतिशतले मतदान गरेको उक्त प्रदेशको निर्वाचनमा जेडिएस तेस्रो शक्ति बन्दै किङमेकर हुन सक्ने बताइएको छ।
यस पल्ट पनि उसको सहयोग बिना कसैले सरकार नबनाउने देखिएको छ। जम्मा २२४ सिटमा कांग्रेसले बहुमतसमेत ल्याउन सक्ने केही एक्जिट पोलको दाबी छ। भाजपा भने सयभन्दा तल नै रोकिनेछ। बहुमतका लागि ११३ सिट आवश्यक पर्नेछ।
निर्वाचन परिणामा १३ मेमा आउनेछ। इन्डिया टिभीले भाजपा ८५, कांग्रेस ११० देखि १२२ र जी न्युजले १०३ देखि ११८ सिट ल्याउन अनुमान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।