काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा ३.३४ अंकको गिरावट आएको छ। उक्त अंकको गिरावटले सेयर बजार १८३८ अंकमा कायम भएको छ।
करिब ५७ करोड ८८ लाख मात्रको कारोबार हुँदा ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्यमा भने गिरावट आएको छ। त्यस्तै, १४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
यस्तै, करिब सबै उपसमूह भने रात्ताम्मे भएका छन्। सबैभन्दा बढी गिरावट भने निर्जिवन बीमा कम्पनीको भएको छ। यो उपसूमहको २६.९६ अंकले गिरावट आएको छ।
त्यस्तै, विकास बैंक उपसूमहको १६.६४, वित्तियको १०.३८, होटलको ७.७७, लघुवित्तको १८.६३, व्यापारको ११.८७ अंकले गिरावट आएको छ।
बिहीबार धेरै कमाउने कम्पनीहरुमा आत्मनिर्भर लघुवित्त, सिटिजन म्यूचल फण्ड, मनकामना स्मार्ट लघुवित्त, इस्र्टन हाइड्रोपावर रहेका छन्। यस्तै, गुमाउनेहरुमा फरवार्ड लघुवित्त, बराही हाइड्रोपावर, एसियन हाइड्रोपावर, बलेपी हाइड्रोपावर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।