काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चितिले करिब ९.४ महिनाको आयात धान्ने देखिएको छ।
चैत महिनाको आर्थिक गतिविधिलाई आधार मानेर सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार चैत्त मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको उल्लेख छ।
‘२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको मुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत्र मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ,‘आर्थिक बर्ष २०७९/०८०को ९ महिनाको आयातलाई आत्रार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।