काठमाडौं– साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १० दशमलव ६६ अंकले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अंकमा पुगेको छ।
आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेय रु ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन्।
सबै समूहको उपसूचकमा हरियाली देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७५ दशमलव ०१ र होटल तथा पर्यटन समूहको उपसूचक ६५ दशमलव ८४ अंकले बढेको छ। बैंकिङ समूह तीन दशमलव ५८, विकास बैंक समूह २८ दशमलव ३९, वित्त समूह सात दशमलव ७६, जलविद्युत् समूह २४ दशमलव ५८ र लगानी समूह शून्य दशमलव ४९ अंकले बढेको छ।
त्यस्तैगरी, उत्पादन तथा प्रशोधन ५८ दशमलव ५९, लघुवित्त १० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०२, निर्जीवन बीमा २० दशमलव ६०, व्यापार दुई दशमलव ३५ र अन्य समूह तीन दशमलव ३७ अंकले बढेको छ।
पिपुल पावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै छ दशमलव ४७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ६८ अंकले घटेको छ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रु ६ करोड ९६ लाख २५ हजार नौ सय १३ बराबरको तीन लाख ६५ हजार पाँच सय एक कित्ता शेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।