इस्लामाबाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। इस्लामबाद हाइ कोर्ट बाहिरवाट उनलाई प्रहरीले पक्राउ गरेको हो।
इस्लामाबादका आईजीले पूर्वप्रधानमन्त्री खानलाई अल–कादिर ट्रस्ट केसमा पक्राउ गरिएको बताएका छन्। उनले पूर्वप्रधानमन्त्री खानको अवस्था सामान्य रहेको बताए।
इस्लाबाद प्रहरीले खानमाथि संविधानको धारा १४४ लागू गरिएको बताएको छ। संविधानको उक्त धाराको उल्लंघन गरेमा कारबाही गरिने प्रहरीको भनाइ छ।
खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफका नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइएको छ। कानुन व्यवसायी र आम मानिसलाई टर्चर गरिएको छ। इमरान खानलाई अज्ञात मानिसहरुले अज्ञात स्थलतर्फ लगेका छन्। इस्लामबादका हाइ कोर्टका प्रमुख न्यायाधीशले गृहसचिव र आईजीलाई १५ मिनेटभित्र अदालतमा पेस गर्न भनेर आदेश दिएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।