• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थतन्त्रमा ‘आशा’ जगाउन अर्थमन्त्रीको ‘सूत्र’– पुँजीगत खर्चको प्रभावकारिता, ब्याजदर खुकुलो

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २६, २०८०  १६:५०
1140x725

काठमाडौं– मौजुदा अर्थतन्त्रमा संकटका घेराहरु रहेको तथ्यांक र विज्ञहरुको चेतावनीका बीच अर्थमन्त्री प्रकाशशरण महतले आसन्न बजेट वक्तव्यबाट ‘आशा’ जगाउने प्रतिबद्धता जाहेर गरेका छन्। आसन्न बजेटको सिद्धान्त र प्राथमिकताको छलफलपछि राष्ट्रिय सभामा सांसदहरुको सवालको जवाफ दिन पुगेका मन्त्री महतले उक्त प्रतिबद्धता जनाएका हुन्।

उनले ‘आशा’ जगाउने २ वटा ‘सूत्र’ अघि सारेका छन्। पहिलो पुँजीगत खर्च प्रभावकारी ढंगले गर्ने र दोस्रो मौद्रिक नीतिमार्फत् ब्याजदर कम गर्ने। अहिले चालू आर्थिक वर्षको १० महिना सकिन लाग्दा ३५ प्रतिशत पनि पुँजीगत खर्च हुन सकेको छैन भने ब्याजदर दोहोरो अंकमा छ।

मन्त्री महतले भने, ‘पुँजीगत खर्चको प्रभावकारिता र ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार केन्द्रित हुनेछ। मलाई आशा छ निराशाको बादलको अन्त्य हुन्छ। रोजगारी सिर्जना हुन्छ।’

मन्त्री महतले पुँजीगत खर्चको प्रभावकारिता बढाउने ‘सनातनी’ पारामा बजेट जारी भएको पहिलो दिनबाटै काम गर्ने बताए। जुन कुरा यस अघिका हरेक अर्थमन्त्रीले भन्ने गर्थे।

‘हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढाउनु पर्नेछ। हामीले स्वीकार गर्नुपर्छ, हाम्रो संयन्त्रमा ढिलासुस्ती छ। हाम्रो संयन्त्रमा उदासिनता छ र अन्तिम समयमा गएर मात्र खर्च गर्ने प्रवृति छ। त्यसलाई अन्त्य गर्नुपर्छ,’ मन्त्री महतले भने, ‘पहिलो दिनबाटै खर्चको मनिटरिङ गर्नुपर्छ, त्यसले खर्चको प्रभावकारिता बढ्छ। यो मेरो प्रतिबद्धता हो।’

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री महतले राष्ट्र बैंकसँग पनि असन्तुष्टि दोहोर्‍याए। अर्थतन्त्रको समस्या समाधान गर्नमा अर्थमन्त्रालय र राष्ट्र बैंकबीच आवश्यक समन्वय नरहेको उनका सार्वजनिक अभिव्यक्तिहरुलाई उनले पुन:संसद्‌मा दोहोर्‍याए। मन्त्री महत ब्याजदर घट्नेबित्तिकै अर्थतन्त्र चलायमान हुनेमा विश्वस्त छन्।

‘अहिले ब्याजदर उच्च भएकाले पहिला जस्ले ऋण लिएका थिए, उनीहरुको हिसाब गडबड भयो। अहिले जसले लिन खोजेका छन्, तिनिहरुको लागत बढ्न जान्छ। त्यसले अर्थतन्त्रमा पुँजी परिचालन हुन सकेको छैन। त्यसकारण मैले अस्ति पनि निवेदन गरेको थिएँ कि मौद्रिक नीतिमार्फत् पनि सम्बोधन हुनुपर्छ। मलाई के विश्वास छ भने राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो पार्छ र ब्याजदर घट्छ,’ मन्त्री महतले भने, ‘ब्याजदर घटेपछि लागत कम हुन्छ। जसले ऋण लिन्छ, त्यसको लागत कम हुन्छ र व्यापार चल्छ। त्यसो हुँदा अर्थतन्त्र चलायमान हुन्छ।’

मन्त्री महतले चालू आर्थिक वर्षमा राजश्व संकलनमा कम हुनुमा पनि मौद्रिक नीतिलाई दोष दिए। यसले उनको राष्ट्र बैंकसँगको दूरी थप प्रस्ट पार्छ। ‘अर्थतन्त्रमा विविध कारणले समस्या आयो। त्यसले पनि राजश्व संकलनमा समस्या ल्यायो। जस्तो, कोभिडको बेलामा सहज मौद्रिक नीतिमार्फत् धेरै ठूलो पुँजी प्रवाह भयो। त्यसले अरु खाले समस्या निम्त्यायो। त्यसपछि राष्ट्र बैंकले मौद्रिक नीति कस्यो त्यसले पनि राजश्वमा प्रभाव पार्‍यो। जब अर्थतन्त्र शिथिल हुन्छ त्यही अनुसार राजश्व कम हुन्छ,’ मन्त्री महतले भने।
 
मन्त्री महतले राजश्व संकलन कम हुनुमा चुहावट पनि एक कारण रहेको उल्लेख गरे। त्यसका लागि गृह मन्त्रालयसँग समन्वय गरेर चुवाहट नियन्त्रण गर्ने जनाए। सांसदहरूसामु मन्त्री महतले कुनै पनि व्यापारिक घरानालाई फाइदा हुने खालको बजेट निर्माण नगर्ने घोषणा गरेका छन्। 

Xtrem
Xtrem

तर, यसैबीचमा विद्युतीय सवारीमा कर बढाउन जैविक इन्धनबाट चल्ने सवारीका व्यापारीहरु सक्रिय रहेको खबरहरु सार्वजनिक भएका छन्। त्यही विषयलाई लक्षित गर्दै मन्त्री महतले भने,‘विश्वास गर्नुहोस् कुनै घरfनालाई मध्यनजर राखेर फाइदा पुर्‍याउने काम र कुनै घरानालाई मध्यनजर गरेर घाटा पुर्‍याउने भन्ने हुँदैन। समग्र जनता र देशलाई केन्द्रबिन्दुमा राखेर नै काम गर्ने हो। त्यसमा विश्वास गरिदिनु होस् भन्ने अनुरोध गर्छु।’

यस्तै, मन्त्री महत आयातलाई कसिलो बनाउने विषयको विपक्षमा रहेका छन्। उनले अपेक्षित राजश्व संकलन गर्नलाई आयात कसिलो बनाउने पक्षमा नरहेको उल्लेख गरे। ‘आयात नियन्त्रण गर्ने भन्दाखेरी त्यसले धेरै हाम्रो राजश्व कम भयो। र हाम्रो खर्च गर्न समस्या भयो। त्यसकारणले के बन्द गर्ने के नगर्ने? के कस्ले उपयोग गर्छ के कस्ले उपयोग गर्छ? के गर्दैन भन्ने काम जनतालाई छोड्दिउँ,’ मन्त्री महतले सुझाए,‘हामीले के गरौं भने कसरी हाम्रो अर्थतन्त्रमा समृद्धि सिर्जना गर्ने त्यसको पहुँचमा आम नागरिकलाई पुर्‍याउनेमा केन्द्रित हुनुपर्छ।’ 

मन्त्री महतले आसन्न बजेटबाट धुमिल अर्थतन्त्रलाई चलायमान बनाउन पुन: उद्घोष गर्दै सांसदहरुसँग प्रतिबद्धता जाहेर गर्दै भने, ‘पुँजीगत खर्च पनि प्रभावकारी बनाउने र मौद्रिक नीतिमार्फत् पनि ब्याजदर घटाउनेबित्तिकै राजश्वको आधार फराकिलो हुन्छ। र राजश्व बढाउन सक्ने अवस्थामा पुग्छौं। त्यसैको आधारमा बजेटको लक्ष्य निर्धारण गर्छौं।’

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपै... शनिबार, असोज १०, २०८३
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो । शुक्रबार, असोज ९, २०८३
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह शनिबार, असोज १०, २०८३
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने शनिबार, असोज १०, २०८३
लागुऔषधसहित पाँच जना पक्राउ शनिबार, असोज १०, २०८३
बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्