काठमाडौं– अर्थमन्त्री डा प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न ब्याजदर कम गर्नुपर्ने औंल्याएका छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल पछि जवाफ दिँदै मन्त्री महतले उक्त कुरा बताएका हुन्।
साथै मन्त्री महतले राष्ट्र बैंकले मौद्रिक नीतिलाई अलि खुकुलो बनाएर ब्याजदर कम गर्नेमा विश्वास पनि व्यक्त गरेका छन्।
‘अहिले ब्याजदर उच्च भएकाले पहिला जस्ले ऋण लिएका थिए। उनीहरुको हिसाब गडबढ भयो। अहिले जसले लिन खोजेका छन्। तिनिहरुको लागत बढ्न जान्छ। त्यसले अर्थतन्त्रमा पुँजी परिचालन हुन सकेको छैन। मौद्रिक नीतिको माध्यमबाट पुँजी परिचालन हुनुपर्ने कुराहरुमा पनि समस्या देखिएको छ। त्यसकारण मैले अस्ती पनि निवेदन गरेको थिएँ की मौद्रिक नीतिमार्फत् पनि सम्बोधन हुनुपर्छ। मलाई के विश्वास छ भने राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो पार्छ र ब्याजदर घट्छ,’ मन्त्री महतले भने,‘राष्ट्र बैंकले मौद्रिक नीति कसेकोले त्यसको प्रभाव राजश्व संकलनमा पनि परेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।