काठमाडौं- काठमाडौं महानगरपालिका–९ सिनामंगल भत्केको पुलस्थित बागमती नदि किनारमा एक महिलाको शव भेटिएको छ।
मृत भेटिएकी महिलाको पहिचान खुल्न सकेको छैन । ती महिला अन्दाजी ४० वर्ष आसपासको रहेको प्रहरीले जनाएको छ। यसबारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
त्यसैगरी आफ्नै कोठामा अर्की महिला मृत भेटिएकी छिन् । तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकिनाग टोल डेरा गरी बस्ने पाल्पा निस्दी गाउँपालिका–३ घर भएकी ४९ वर्षीया रिसङ तामाङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन्।
उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।