• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सदनमै सांसदको ‘अभद्र’ व्यवहार : मन्त्रीलाई थप्पड हान्नेदेखि लुगा फुकाल्नेसम्म

64x64
किशोर दहाल सोमबार, वैशाख २५, २०८०  २०:३५
1140x725

काठमाडौं- सोमबार (२०८० वैशाख २५) को प्रतिनिधि सभा बैठक सुरु हुँदानहुँदै केही सांसद उभिइसकेका थिए। आकस्मिक समयमा बोल्ने अवसरका लागि त्यसरी सांसद उभिएका थिए। तर सभामुखले आकस्मिक समय नराखिएको भन्दै नियमित कार्यबाहीमा जानका लागि सहयोग गर्न अनुरोध गरे। अन्य सांसद बसे तर नेमकिपाका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंह भने उठिरहे। सभामुखसँग समय माग गरिरहे। सभामुखले भने बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरे।

सिंह बोल्न प्रयत्नशील देखिन्थे। सभामुख कसैलाई समय नदिएको बताइरहेका थिए। त्यसैक्रममा उनले शून्य समय प्रारम्भ हुने र बोल्न एक मिनेटको समय छुट्याइएको बताउँदै थिए। बस्नका लागि सांसदहरुलाई अनुरोध पनि गर्दै थिए। त्यतिञ्जेलसम्म सुवाल र सिंह उभिइरहेका थिए।

सभामुखले समय नदिएको र बस्न अनुरोध गर्दैगर्दा सिंहले कपडा खोल्न थाले। सुरुमा सर्ट र त्यसपछि गञ्जी खोले। त्यसपछि अन्य पार्टीका कैयौं सांसदहरु उठे।

सभामुखले सिंहलाई प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड घ को व्यवस्था आकर्षित गराए। उनले अशिष्ट व्यवहार नदेखाउन सुझाए। त्यतिञ्जेल अन्य सांसदहरु पनि उठेका थिए र हल्लाखल्ला भइरहेको थियो। उनले सिंहलाई पटक–पटक अशिष्ट व्यवहार नदेखाउन चेतावनी दिइरहे। पछि सिंहले कपडा लगाए र बैठकस्थलबाट बाहिरिए।

सभामुखले स्मरण गराएको प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ को खण्ड घ मा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमवारे उल्लेख छ। त्यसमा भनिएको छ, ‘अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने।’

नियम ३० मा चेतावनी उल्लेख छ। भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ।’

नियम ३१ मा नियम ३० अनुसारको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने, नगएमा मर्यादापालकको सहयोग लिएर बाहिर निकाल्न सक्ने लगायतका व्यवस्था गरिएको छ।

यद्यपि, सिंहको हकमा उल्लेखित विभिन्न नियम पालना गर्ने/गराउने अवस्था सिर्जना भएन।

Ncell 2
Ncell 2
nimb
nimb

तर नेपालको संसदीय अभ्यासमा यस्ता कैयौं सांसद र गतिविधि भेटिन्छन्। जो अभद्र देखिन्छन्। कतिपय अवस्थामा सभामुख/अध्यक्षबाट निष्कासन र निलम्बनमा पर्ने गरेका थिए। केही सन्दर्भहरुः

गोल्छे सार्कीद्वारा मन्त्री रामचन्द्र पौडेलमाथि झापड
२०५० साउन ६ गतेको राष्ट्रिय सभाको बैठकमा एमाले सांसद गोल्छे सार्कीले मन्त्री रामचन्द्र पौडेलमाथि झापड प्रहार गरेका थिए। सांसद सार्कीले रोस्ट्रमबाट आफ्नो धारणा राखेर फर्किने क्रममा मन्त्री पौडेलको आसनतिर गई थपड हानेका थिए। स्थानीय विकासमन्त्री रहेका पौडेलले त्यतिबेला गृहको पनि जिम्मेवारी सम्हालिरहेका थिए। 

आफूले उत्तेजनामा थप्पड हानेको उनले पछि प्रतिक्रिया दिएका थिए। मन्त्री पौडेलले आफू बोलिरहँदा गिज्याएको र आफू उत्तेजित भएको उनको भनाइ थियो। सार्कीलाई अध्यक्ष बेनीबहादुर कार्कीले सात दिनका लागि निलम्बन गरेका थिए।

रोस्ट्रम प्रयोग गर्न हृदयेश त्रिपाठीको जिद्दी
प्रतिनिधि सभाको २०५३ भदौ २ गतेको बैठक। सभामुख रामचन्द्र पौडेलले नेपाल सद्भावना पार्टीका सांसद हृदयेश त्रिपाठीलाई आफ्नै स्थानबाट बोल्न अनुमति दिएका थिए। तर त्रिपाठीले मानेनन्। उनले रोस्ट्रम नै प्रयोग गर्ने जिद्दी गर्दै रोस्ट्रममै गएर उभिए। सभामुखले उनलाई आफ्नो अभद्र व्यवहार नियन्त्रण गर्न चेतावनी दिए। तैपनि त्रिपाठीले टेरेनन्।

त्यसपछि सभामुखले मर्यादापालकको सहयोगमा त्रिपाठीलाई बैठक कक्षबाट बाहिर निष्काशन गरिदिएका थिए। साथै एक दिनका लागि निलम्बित पनि गरिदिएका थिए। 

चार सांसदद्वारा मन्त्रीलाई अवरोध
व्यवस्थापिका संसद्को २०६८ असार ५ गतेको बैठक। त्यसदिन व्यवस्थापिका-संसद्को बैठकमा भएको रुलिङका सम्बन्धमा जवाफ दिनका लागि स्थानीय विकासमन्त्री उर्मिला अर्याल रोस्ट्रममा जाने क्रममा अवरोध पुर्‍याएका थिए। त्यतिबेला दलित, थारु, मुस्लिम लगायतका समुदायले उठाएका कतिपय मागहरु सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकमा बोलेका दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानले प्रतिबद्धताप्रति धन्यवाद पनि दिएका थिए। तर उनले बोलिसक्नेबित्तिकै चार जना सांसदहरु दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, संघीय लोकतान्त्रिक मञ्चकी रुक्मणी चौधरी, नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर र स्वतन्त्र सांसद सदरुल मियाँ हकले अवरोध मात्रै गरेनन्, मन्त्रीलाई पनि बोल्न दिएनन्। त्यसपछि सभामुख सुवास नेम्वाङले मार्सलको प्रयोग गर्दै उनीहरुलाई बैठकबाट निष्काशन गरे र सात दिनका लागि निलम्बन गरिदिए। 

तीन वटा माइक भाँचेका सञ्जयकुमार साह
२०६८ पुस ७ गतेको व्यवस्थापिका-संसद्को बैठकमा बोल्न प्रयासरत थिए, सञ्जयकुमार साह। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् उनले लामो समयदेखि बोल्न पाएका थिएनन्। उनलाई पार्टीले समय दिएको थिएन।

त्यस दिनको बैठकमा कालिकोटमा भएको मनवीर सुनारको हत्याको विरोधमा भएको अवरोधका कारण स्थगित भएको थियो। स्थगितपछि पनि बोल्न खोजेका साहलाई सभामुख सुवास नेम्वाङले समय दिने अवस्था थिएन, नेम्वाङ बाहिरिए। त्यसपछि साहले तीन वटा माइक भाँचिदिएका थिए।

सभामुख नेम्वाङले त्यसै दिन साहलाई १० दिनका लागि निलम्बित गरे। साथै, माइक भाँचिएकोमा पनि साहकै पारिश्रमिकबाट असुल गर्न निर्देशन पनि दिए।

व्यक्तिगत रुपमा अभद्र व्यवहार देखाउने मात्रै होइन, नेपालको संसद् सामूहिक र पार्टीगत रुपमा अभद्र व्यवहार देखाउने मामिलामा पनि बदनाम छ। केही सन्दर्भहरु हेरौँः

२०५० चैत ११ को प्रतिनिधि सभा बैठकलाई उपसभामुख महन्थ ठाकुरले सञ्चालन गरिरहेका थिए। प्रमुख प्रतिपक्षी एमालेले खानी तथा खनिज पदार्थ (पहिलो संशोधन विधेयक) माथि मतविभाजन माग गरेको थियो। सत्तापक्षका धेरै सांसद अनुपस्थित भएकाले त्यस्तो माग गरिएको थियो। परिणाम घोषणा गर्नेबेलामा सत्तापक्षीय सांसद बालाराज कार्की र प्रकाश कोइरालाले सभामा प्रवेश गरेर मतदानमा भाग लिन पाउनुपर्ने माग राखे। उता प्रतिपक्षले परिणाम सुनाउन दबाब दियो। परिणाम सुनाउँदा सत्तापक्ष हार्ने निश्चित थियो। होहल्लाका बीच बैठक स्थगित भयो। त्यसपछि सदनमा झडप सुरु भयो। उपसभामुख ठाकुरमाथि पनि चड्कन प्रहार भएको थियो।

२०५५ असोज १ गतेको बैठकमा ‘स्थानीय स्वायत्त शासन विधेयक’ कार्यसूचीमा थियो। सभामुखले स्थानीय विकास मन्त्री केशवलाल श्रेष्ठलाई विधेयक प्रस्तुत गर्न समय दिनासाथ एमालेका सांसदहरुले विरोध सुरु गरे। उसका सबैजसो सांसदहरू रोस्ट्रमतर्फ लागे। मर्यादापालकले रोक्ने प्रयास गरे। त्यसपछि सत्ता पक्ष र विपक्षीबीच झडप सुरु भयो। सदन २० मिनेटसम्म रणभूमिमा परिणत भयो। सदन स्थगित भइरहँदा पनि भिडन्त जारी रह्यो।

२०५७ फागुन ८ को प्रतिनिधि सभा बैठकमा सभामुख तारानाथ रानाभाटले बैठकको सुरुवातमै पर्यटनमन्त्री ओमकार श्रेष्ठलाई समय दिएका थिए। उनी रोस्ट्रमतिर अघि बढेका थिए। उनी अघि बढेसँगै एमालेका सांसदहरू पनि उठेर अघि बढे। जबर्जस्ती संसद् चलाउन खोजेको भन्दै एमालेले विरोध गर्न थाल्यो। त्यतिबेला मन्त्री रोष्टममा पुगेका मात्रै थिए, एमालेका सांसदहरुले समातेर अगाडि बढ्न दिएनन्। झडप भयो।

२०६७ मंसिर ३ गतेको व्यवस्थापिका संसद् बैठकमा सभामुख सुवास नेम्वाङले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई बजेट वक्तव्य प्रस्तुत गर्न समय दिएका थिए। सोही अनुसार पाण्डे बजेट वक्तव्य राखिएको ब्रिफकेस बोकेर रोस्ट्रमतर्फ जान लाग्दै थिए। माओवादी सांसदहरुले उनलाई घेरे। र, ब्रिफकेस नियन्त्रणमा लिएर फुटाइदिए। बजेट ल्याउने विषयमा सत्ताधारी कांग्रेस-एमाले र प्रतिपक्षी माओवादीबीच केही दिनयता विवाद थियो। सत्तापक्ष पूर्ण बजेट र माओवादी आंशिक बजेटको पक्षमा थिए। सहमतिको प्रयास भइरहेको थियो। जसका कारण दिउँसो २ बजेका लागि बोलाइएको त्यसको दिनको संसद् बैठक नै राति १० बजे सुरु भएको थियो। तर, सहमति नजुट्दै सरकारले बजेट ल्याउने भएपछि सदनमा माओवादीले उग्र व्यवहार गरेको थियो।

२०७१ माघ ५ को संविधानसभाको बैठकबाट संविधान लेखन कार्य नियमावलीको व्यवस्था अनुसार मतदान प्रक्रियाबाट अघि बढाइन खोजिँदैथियो। सत्तापक्षको त्यस किसिमको तयारी थियो। अर्कोतिर माओवादीले र ऊ वरिपरिका दलहरुले भने सहमतिको वकालत गरिरहेका थिए। सो बैठकमा संविधानसभा अन्तर्गतको राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पनि सम्बोधन गरेका थिए। उनले कडा भाषण गरेका थिए।

सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गर्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई समय दिएका थिए। त्यसलगत्तै माओवादी सभासदहरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए। केही सभासद सभामुखको स्थानमा पुग्ने प्रयासमा थिए। उनीहरूलाई मर्यादापालकले रोकेका थिए। त्यसपछि बैठकमा तोडफोड चल्यो। केही बेरपछि बैठक स्थगित भयो। 

केन्द्र/संघमा मात्रै होइन, तोडफोड प्रदेश सभामा पनि विस्तारित भएको छ। २०७७ असोज १९ गते तत्कालीन प्रदेश ५ (अहिले लुम्बिनी प्रदेश) को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरूले तोडफोड गरे।

उनीहरूले सभाका कुर्सी टेबलमा पछारेर माइक तोडेका थिए। बैठकमा प्रदेशको नाम र स्थायी राजधानीको विषयमा छलफल गर्ने योजना थियो। प्रतिपक्षी कांग्रेसले विरोधका बाबजुद सभामुख पूर्ण घर्तीले सभालाई निरन्तरता दिएका थिए। बैठक चलिरहँदा कांग्रेसका सांसदहरू सभामुखमाथि नै आक्रमणमा उत्रिए। उनीहरूले संसद भवनको कुर्सी र माइक तोडफोड गरे। रणमैदान बनेको प्रदेशसभा केही बेर अवरुद्ध भयो।

सामूहिक झडपका घटनाहरुलाई विस्तारमा पढ्न क्लिक गर्नुहोस्-
केन्द्रले देखायो, प्रदेशले सिक्यो : यी हुन् संसद नै रणभूमि बनेका ५ घटना
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २०:३५
  • #सदनमै सांसदको ‘अभद्र’ व्यवहार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्त... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्