• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १९, २०८२ Mon, Jun 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सदनमै सांसदको ‘अभद्र’ व्यवहार : मन्त्रीलाई थप्पड हान्नेदेखि लुगा फुकाल्नेसम्म
64x64
किशोर दहाल सोमबार, वैशाख २५, २०८०  २०:३५
1140x725

काठमाडौं- सोमबार (२०८० वैशाख २५) को प्रतिनिधि सभा बैठक सुरु हुँदानहुँदै केही सांसद उभिइसकेका थिए। आकस्मिक समयमा बोल्ने अवसरका लागि त्यसरी सांसद उभिएका थिए। तर सभामुखले आकस्मिक समय नराखिएको भन्दै नियमित कार्यबाहीमा जानका लागि सहयोग गर्न अनुरोध गरे। अन्य सांसद बसे तर नेमकिपाका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंह भने उठिरहे। सभामुखसँग समय माग गरिरहे। सभामुखले भने बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरे।

सिंह बोल्न प्रयत्नशील देखिन्थे। सभामुख कसैलाई समय नदिएको बताइरहेका थिए। त्यसैक्रममा उनले शून्य समय प्रारम्भ हुने र बोल्न एक मिनेटको समय छुट्याइएको बताउँदै थिए। बस्नका लागि सांसदहरुलाई अनुरोध पनि गर्दै थिए। त्यतिञ्जेलसम्म सुवाल र सिंह उभिइरहेका थिए।

सभामुखले समय नदिएको र बस्न अनुरोध गर्दैगर्दा सिंहले कपडा खोल्न थाले। सुरुमा सर्ट र त्यसपछि गञ्जी खोले। त्यसपछि अन्य पार्टीका कैयौं सांसदहरु उठे।

सभामुखले सिंहलाई प्रतिनिधि सभा नियमावलीको नियम २१ को खण्ड घ को व्यवस्था आकर्षित गराए। उनले अशिष्ट व्यवहार नदेखाउन सुझाए। त्यतिञ्जेल अन्य सांसदहरु पनि उठेका थिए र हल्लाखल्ला भइरहेको थियो। उनले सिंहलाई पटक–पटक अशिष्ट व्यवहार नदेखाउन चेतावनी दिइरहे। पछि सिंहले कपडा लगाए र बैठकस्थलबाट बाहिरिए।

सभामुखले स्मरण गराएको प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ को खण्ड घ मा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमवारे उल्लेख छ। त्यसमा भनिएको छ, ‘अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने।’

नियम ३० मा चेतावनी उल्लेख छ। भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ।’

नियम ३१ मा नियम ३० अनुसारको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने, नगएमा मर्यादापालकको सहयोग लिएर बाहिर निकाल्न सक्ने लगायतका व्यवस्था गरिएको छ।

यद्यपि, सिंहको हकमा उल्लेखित विभिन्न नियम पालना गर्ने/गराउने अवस्था सिर्जना भएन।

तर नेपालको संसदीय अभ्यासमा यस्ता कैयौं सांसद र गतिविधि भेटिन्छन्। जो अभद्र देखिन्छन्। कतिपय अवस्थामा सभामुख/अध्यक्षबाट निष्कासन र निलम्बनमा पर्ने गरेका थिए। केही सन्दर्भहरुः

गोल्छे सार्कीद्वारा मन्त्री रामचन्द्र पौडेलमाथि झापड
२०५० साउन ६ गतेको राष्ट्रिय सभाको बैठकमा एमाले सांसद गोल्छे सार्कीले मन्त्री रामचन्द्र पौडेलमाथि झापड प्रहार गरेका थिए। सांसद सार्कीले रोस्ट्रमबाट आफ्नो धारणा राखेर फर्किने क्रममा मन्त्री पौडेलको आसनतिर गई थपड हानेका थिए। स्थानीय विकासमन्त्री रहेका पौडेलले त्यतिबेला गृहको पनि जिम्मेवारी सम्हालिरहेका थिए। 

आफूले उत्तेजनामा थप्पड हानेको उनले पछि प्रतिक्रिया दिएका थिए। मन्त्री पौडेलले आफू बोलिरहँदा गिज्याएको र आफू उत्तेजित भएको उनको भनाइ थियो। सार्कीलाई अध्यक्ष बेनीबहादुर कार्कीले सात दिनका लागि निलम्बन गरेका थिए।

रोस्ट्रम प्रयोग गर्न हृदयेश त्रिपाठीको जिद्दी
प्रतिनिधि सभाको २०५३ भदौ २ गतेको बैठक। सभामुख रामचन्द्र पौडेलले नेपाल सद्भावना पार्टीका सांसद हृदयेश त्रिपाठीलाई आफ्नै स्थानबाट बोल्न अनुमति दिएका थिए। तर त्रिपाठीले मानेनन्। उनले रोस्ट्रम नै प्रयोग गर्ने जिद्दी गर्दै रोस्ट्रममै गएर उभिए। सभामुखले उनलाई आफ्नो अभद्र व्यवहार नियन्त्रण गर्न चेतावनी दिए। तैपनि त्रिपाठीले टेरेनन्।

त्यसपछि सभामुखले मर्यादापालकको सहयोगमा त्रिपाठीलाई बैठक कक्षबाट बाहिर निष्काशन गरिदिएका थिए। साथै एक दिनका लागि निलम्बित पनि गरिदिएका थिए। 

चार सांसदद्वारा मन्त्रीलाई अवरोध
व्यवस्थापिका संसद्को २०६८ असार ५ गतेको बैठक। त्यसदिन व्यवस्थापिका-संसद्को बैठकमा भएको रुलिङका सम्बन्धमा जवाफ दिनका लागि स्थानीय विकासमन्त्री उर्मिला अर्याल रोस्ट्रममा जाने क्रममा अवरोध पुर्‍याएका थिए। त्यतिबेला दलित, थारु, मुस्लिम लगायतका समुदायले उठाएका कतिपय मागहरु सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठकमा बोलेका दलित जनजाति पार्टीका विश्वेन्द्र पासवानले प्रतिबद्धताप्रति धन्यवाद पनि दिएका थिए। तर उनले बोलिसक्नेबित्तिकै चार जना सांसदहरु दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान, संघीय लोकतान्त्रिक मञ्चकी रुक्मणी चौधरी, नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धर र स्वतन्त्र सांसद सदरुल मियाँ हकले अवरोध मात्रै गरेनन्, मन्त्रीलाई पनि बोल्न दिएनन्। त्यसपछि सभामुख सुवास नेम्वाङले मार्सलको प्रयोग गर्दै उनीहरुलाई बैठकबाट निष्काशन गरे र सात दिनका लागि निलम्बन गरिदिए। 

तीन वटा माइक भाँचेका सञ्जयकुमार साह
२०६८ पुस ७ गतेको व्यवस्थापिका-संसद्को बैठकमा बोल्न प्रयासरत थिए, सञ्जयकुमार साह। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् उनले लामो समयदेखि बोल्न पाएका थिएनन्। उनलाई पार्टीले समय दिएको थिएन।

त्यस दिनको बैठकमा कालिकोटमा भएको मनवीर सुनारको हत्याको विरोधमा भएको अवरोधका कारण स्थगित भएको थियो। स्थगितपछि पनि बोल्न खोजेका साहलाई सभामुख सुवास नेम्वाङले समय दिने अवस्था थिएन, नेम्वाङ बाहिरिए। त्यसपछि साहले तीन वटा माइक भाँचिदिएका थिए।

सभामुख नेम्वाङले त्यसै दिन साहलाई १० दिनका लागि निलम्बित गरे। साथै, माइक भाँचिएकोमा पनि साहकै पारिश्रमिकबाट असुल गर्न निर्देशन पनि दिए।

व्यक्तिगत रुपमा अभद्र व्यवहार देखाउने मात्रै होइन, नेपालको संसद् सामूहिक र पार्टीगत रुपमा अभद्र व्यवहार देखाउने मामिलामा पनि बदनाम छ। केही सन्दर्भहरु हेरौँः

२०५० चैत ११ को प्रतिनिधि सभा बैठकलाई उपसभामुख महन्थ ठाकुरले सञ्चालन गरिरहेका थिए। प्रमुख प्रतिपक्षी एमालेले खानी तथा खनिज पदार्थ (पहिलो संशोधन विधेयक) माथि मतविभाजन माग गरेको थियो। सत्तापक्षका धेरै सांसद अनुपस्थित भएकाले त्यस्तो माग गरिएको थियो। परिणाम घोषणा गर्नेबेलामा सत्तापक्षीय सांसद बालाराज कार्की र प्रकाश कोइरालाले सभामा प्रवेश गरेर मतदानमा भाग लिन पाउनुपर्ने माग राखे। उता प्रतिपक्षले परिणाम सुनाउन दबाब दियो। परिणाम सुनाउँदा सत्तापक्ष हार्ने निश्चित थियो। होहल्लाका बीच बैठक स्थगित भयो। त्यसपछि सदनमा झडप सुरु भयो। उपसभामुख ठाकुरमाथि पनि चड्कन प्रहार भएको थियो।

२०५५ असोज १ गतेको बैठकमा ‘स्थानीय स्वायत्त शासन विधेयक’ कार्यसूचीमा थियो। सभामुखले स्थानीय विकास मन्त्री केशवलाल श्रेष्ठलाई विधेयक प्रस्तुत गर्न समय दिनासाथ एमालेका सांसदहरुले विरोध सुरु गरे। उसका सबैजसो सांसदहरू रोस्ट्रमतर्फ लागे। मर्यादापालकले रोक्ने प्रयास गरे। त्यसपछि सत्ता पक्ष र विपक्षीबीच झडप सुरु भयो। सदन २० मिनेटसम्म रणभूमिमा परिणत भयो। सदन स्थगित भइरहँदा पनि भिडन्त जारी रह्यो।

२०५७ फागुन ८ को प्रतिनिधि सभा बैठकमा सभामुख तारानाथ रानाभाटले बैठकको सुरुवातमै पर्यटनमन्त्री ओमकार श्रेष्ठलाई समय दिएका थिए। उनी रोस्ट्रमतिर अघि बढेका थिए। उनी अघि बढेसँगै एमालेका सांसदहरू पनि उठेर अघि बढे। जबर्जस्ती संसद् चलाउन खोजेको भन्दै एमालेले विरोध गर्न थाल्यो। त्यतिबेला मन्त्री रोष्टममा पुगेका मात्रै थिए, एमालेका सांसदहरुले समातेर अगाडि बढ्न दिएनन्। झडप भयो।

२०६७ मंसिर ३ गतेको व्यवस्थापिका संसद् बैठकमा सभामुख सुवास नेम्वाङले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई बजेट वक्तव्य प्रस्तुत गर्न समय दिएका थिए। सोही अनुसार पाण्डे बजेट वक्तव्य राखिएको ब्रिफकेस बोकेर रोस्ट्रमतर्फ जान लाग्दै थिए। माओवादी सांसदहरुले उनलाई घेरे। र, ब्रिफकेस नियन्त्रणमा लिएर फुटाइदिए। बजेट ल्याउने विषयमा सत्ताधारी कांग्रेस-एमाले र प्रतिपक्षी माओवादीबीच केही दिनयता विवाद थियो। सत्तापक्ष पूर्ण बजेट र माओवादी आंशिक बजेटको पक्षमा थिए। सहमतिको प्रयास भइरहेको थियो। जसका कारण दिउँसो २ बजेका लागि बोलाइएको त्यसको दिनको संसद् बैठक नै राति १० बजे सुरु भएको थियो। तर, सहमति नजुट्दै सरकारले बजेट ल्याउने भएपछि सदनमा माओवादीले उग्र व्यवहार गरेको थियो।

२०७१ माघ ५ को संविधानसभाको बैठकबाट संविधान लेखन कार्य नियमावलीको व्यवस्था अनुसार मतदान प्रक्रियाबाट अघि बढाइन खोजिँदैथियो। सत्तापक्षको त्यस किसिमको तयारी थियो। अर्कोतिर माओवादीले र ऊ वरिपरिका दलहरुले भने सहमतिको वकालत गरिरहेका थिए। सो बैठकमा संविधानसभा अन्तर्गतको राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पनि सम्बोधन गरेका थिए। उनले कडा भाषण गरेका थिए।

सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गर्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई समय दिएका थिए। त्यसलगत्तै माओवादी सभासदहरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए। केही सभासद सभामुखको स्थानमा पुग्ने प्रयासमा थिए। उनीहरूलाई मर्यादापालकले रोकेका थिए। त्यसपछि बैठकमा तोडफोड चल्यो। केही बेरपछि बैठक स्थगित भयो। 

केन्द्र/संघमा मात्रै होइन, तोडफोड प्रदेश सभामा पनि विस्तारित भएको छ। २०७७ असोज १९ गते तत्कालीन प्रदेश ५ (अहिले लुम्बिनी प्रदेश) को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरूले तोडफोड गरे।

उनीहरूले सभाका कुर्सी टेबलमा पछारेर माइक तोडेका थिए। बैठकमा प्रदेशको नाम र स्थायी राजधानीको विषयमा छलफल गर्ने योजना थियो। प्रतिपक्षी कांग्रेसले विरोधका बाबजुद सभामुख पूर्ण घर्तीले सभालाई निरन्तरता दिएका थिए। बैठक चलिरहँदा कांग्रेसका सांसदहरू सभामुखमाथि नै आक्रमणमा उत्रिए। उनीहरूले संसद भवनको कुर्सी र माइक तोडफोड गरे। रणमैदान बनेको प्रदेशसभा केही बेर अवरुद्ध भयो।

सामूहिक झडपका घटनाहरुलाई विस्तारमा पढ्न क्लिक गर्नुहोस्-
केन्द्रले देखायो, प्रदेशले सिक्यो : यी हुन् संसद नै रणभूमि बनेका ५ घटना
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २०:३५
  • #सदनमै सांसदको ‘अभद्र’ व्यवहार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो । आइतबार, जेठ १८, २०८२
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा... आइतबार, जेठ १८, २०८२
पक्राउ परेका नेता, कार्यकर्ता रिहा नगरे थप आन्दोलन घोषणा गर्ने राप्रपाको निर्णय आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सो निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । आइतबार, जेठ १८, २०८२
ताजा समाचारसबै
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र सोमबार, जेठ १९, २०८२
विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब सोमबार, जेठ १९, २०८२
राजावादीको उपत्यका बन्द फिर्ता सोमबार, जेठ १९, २०८२
यातायात व्यवसायी आन्दोलित, देशभरका सार्वजनिक सवारी अनिश्चितकालीन बन्द सोमबार, जेठ १९, २०८२
आज जेठ १९ः दरबार हत्याको २४औँ स्मृति दिवस सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- भोलिदेखि ५० ठाउँबाट निस्किन्छौं आइतबार, जेठ १८, २०८२
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
कमल थापालाई भेट्न गएका दिपक सिंह प्रहरी परिसरमै पक्राउ आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
ओलीलाई आयोगको चेतावनी : उत्तेजनापूर्ण अभिव्यक्ति नदिनु सोमबार, जेठ १२, २०८२
उपमेयरको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र,तत्काल कार्यपालिका बैठक बोलाउन माग सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्