काठमाडौं- गत १९ गते दार्चुलामा गएको हिम पहिरोमा हराइरहेकामध्ये सोमबार थप एक जनाको शव फेला परेको छ।
हिम पहिरोमा हराइरहेकी डोटी, जोरायल गाउँपालिका- २ की २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बलको टोलीले फेला पारेको हो।
यसअघि अन्य ३ जनाको शव फेला परेकै ठाउँमा उनको शव फेला परेको हो। अहिलेसम्म ४ जनाको शव फेला परेको र एक महिलाको खोजी कार्य जारी रहेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।