काठमाडौं- पोखरास्थित बेगनास तालमा एक युवक मृत फेला परेका छन्। उदयपुरका ३१ वर्षीय अनुप भण्डारी सोमबार बेगनासमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
विराटनगर राजवंशी चोकका ३१ वर्षीय भण्डारी परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागमा नासुमा कार्यरत रहेको बताइएको छ। उनी बिहान कार्यालय जानका लागि हिँडेका थिए।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पोखरा ल्याएको छ।
प्रहरीका अनुसार उनको शव तालको छेउमा पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो। शवको पोस्टमार्टम गर्ने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।