अर्घाखाँची– मकै बारीमा ट्र्याक्टर दुर्घटना हुँदा अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ। मकै छर्ने क्रममा शितगंगा नगरपालिका वडा नम्बर ४ मा ट्र्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा शितगंगा नगरपालिका– ४ कोप्चेवास बस्ने ३८ वर्षीय राजु नेपाली भनिने मान बहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।
शितगंगा नगरपालिका वडा नम्बर ४ स्थित उमकला नेपालीको बारी जोत्ने क्रममा लु ४ त ९४१८ नम्बरको ट्र्याक्टरले च्यापिन गइ नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।