• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको

64x64
रासस बिहीबार, वैशाख २१, २०८०  २०:२९
1140x725

झापा– हरेक बिहान घाम नउदाउँदै एक हुल मानिस भारतबाट सीमा छिचोलेर नेपाली भू–भागतिर पस्छन्। दशगजा जोडिएको नेपाली खेतमा कोही हलो जोत्छन्, कोही झार उखेल्छन्। खाजा र भात नेपालतिरै खान्छन्। बेलुकी घाम अस्ताउनुअघि मेची नदीमा नुहाएर उनीहरू भारततिरै बाटो लाग्छन्।

यो दृश्य मेचीपारिको नेपाल भनेर चिनिएको मेचीनगर–१५ ग्वालाबस्तीको हो। बस्तीको पूर्वबाट मेची नदी बग्ने भएका कारण हजारौं बिघा जग्गा रहेको यो नेपाली भू–भाग टापुजस्तो अवस्थामा मेचीपारि छ। यहाँ नेपाली खेतमा भारतीय नागरिक आएर वर्षौँदेखि निर्वाध खेतीपाती गर्दै आएका छन्।

भारतको पश्चिम बंगाल प्रान्तको चुन्नीलाल जोत निवासी ३१ वर्षीय वासुदेव मुर्मूले विगत लामो समयदेखि नेपाली भूमिमा तरकारी खेती गरिरहेको बताइन्। उनले तीन बिघा जग्गामा यसपालि पर्वल, करेला र लौका खेती गरिरहेकी छिन्।

हरेक दिन कामदार लिएर उनी भारतबाट नेपालतिर आउँछिन्। वास्तविक जग्गाधनीको नाम र ठेगाना पनि उनलाई थाहा छैन। तर धुलाबारीतिरका एक व्यक्तिले सो जग्गाको वार्षिक १० हजार भाडा उठाउने गरेको उनले बताइन्। ‘यसपालि पर्वलखेती राम्रो फस्टाउला भन्ने आशा छ,’ तरकारीका बिरुवा गोडमेल गर्दै मुर्मूले सुनाइन्, ‘आकाशे पानी पनि राम्रै परिरहेको छ। बजारभाउ बढ्यो भने निकै नाफा हुन्छ होला।’

मेचीपारि मेचीनगर–१५ मा ग्वालाबस्ती र सिसौडाँगी गरी दुई नेपाली बस्ती छन्। एक दशकमा लगभग आधा बस्ती बसाइँ हिँडेपछि खेतमा भारतीयहरू आउन थालेको स्थानीयवासी बताउँछन्। नेपालतिर आएर भारतीयले खेतीपाती गर्ने क्रम बर्सेनि बढ्दै गएको छ।

Ncell 2
Ncell 2

विसं २०१८ देखि ग्वालाबस्तीमा बसोबास गर्दै आएका ८२ वर्षीय राजेन्द्र यादवले बस्तीमा विकासे पूर्वाधार केही नभएका कारण बसाइँ हिँड्ने क्रम बर्सेनि बढ्दै गएको बताए। बसाइँ हिँड्ने बढेपछि बस्तीका कतिपय खेत बाँझै रहने गरेका छन्। त्यही भएर सीमापारिका मान्छेहरूले नेपाली खाली भू–भागमा आँखा लगाउन थालेको स्थानीयवासी बताउँछन्।

बसाइँ सरेर मेचीवारि आएकाहरू खेतीका लागि मेची नदी तरेर जान रुचि राख्दैनन्। बरु भाडामा खेती गर्न आउने भारतीयलाई नै जग्गा दिने गरेको यादव बताउँछन्। बलौटे तर उर्वर माटो भएकाले त्यहाँ अन्नबालीभन्दा तरकारी बाली फस्टाउने गरेको भारतीय कृषक मुर्मू बताउँछिन्। सो बस्तीमा कुनै नेपाली सुरक्षा पोस्ट नभएको हुँदा भारतीयलाई आउजाउ गर्न सहज छ। पाकेको बालीसमेत उनीहरू ट्र्याक्टर र मोटरसाइकलमा लोड गरेर भारततिरै लैजान्छन्।

‘तरकारी फलेपछि भारतीय बजार बतासी र अधिकारीमा लगेर बेच्छौं’, उनले भनिन्, ‘नेपाली जग्गामा फलेको सब्जी भनेपछि भारतीय हाटबजारमा किन्नेहरू हारालुछ गर्छन्।’ कहिलेकाहीँ धेरै उत्पादन हुँदा भारतका ठूला सीमावर्ती बजार पानीटङ्की र नक्सलबारीमा लगेर सब्जी बेच्ने गरेको उनले जानकारी दिइन्।

ग्वालाबस्तीमा पाँच बिघा बगरखेती भएका डुक्कु बेस्रा मेचीवारि नै बसोबास गर्छन्। मेची नदी तरेर जाने झन्झट उठाउनुको साटो उनले पनि भारतीय नागरिकलाई नै जग्गा भाडामा दिने गरेका छन्।

उनले दिएको जग्गामा तरकारी र अनारस (भुइँकटहर) खेती हुर्किरहेको छ। महँगो मूल्यमा बिक्री हुने र बिक्रीका लागि बजारको समस्या नरहेकाले अनारस खेतीमा भारतीय नागरिकको आकर्षण बढेको पाइएको छ। ती जग्गामा सिँचाइका लागि इनार खनिएका छन्। इनारको पानीलाई सानो वाटरपम्प मेसिनको सहायताले तानेर खेत भिजाउने गरिएको छ। भारतीयहरूले उतैबाट रासायनिक मल ल्याएर प्रयोग गर्दै आएका छन्।

मेचीपारिका ती बस्तीहरू तरकारी खेतीका लागि वर्षौंदेखि प्रसिद्ध छन्। यहाँको बगरखेतीमा फल्ने खरबुजा, काँक्रा, लौका, फर्सीजस्ता तरकारीले नेपालको भद्रपुर, काँकरभिट्टा, धुलाबारी र बिर्तामोडसम्म बजार पाउँथ्यो। तर एक दशकयता नेपालीहरूले खेतीपाती घटाउँदै लगेका कारण भारतीय नागरिकको हालीमुहाली बढ्दै गएको छ।

नेपाली सुरक्षा निकायको कुनै चौकी नभएको ग्लालाबस्ती र सिसौडाँगीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा हेर्ने बिओपी ज्यामिरगढीको गस्तीटोली कहिलेकाहीँ पुग्ने गरेको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला बिहीबार, माघ ८, २०८२
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो बिहीबार, माघ ८, २०८२
निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई (परीक्षा तालिकासहित) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्