काठमाडौं– कर्मचारीहरुले सिंहदरबारको प्रवेशद्वारमा घर्ना दिएका छन्। संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीहरुले सिंहदरबारको प्रवेशद्वारामा धर्ना दिएका हुन्।
निजामती ऐन जारी गर्न माग गर्दै यसअघि संयुक्त ट्रेड युनियनहरुले सिंहदरबार प्रवेशमा रोक लगाइने बताएका थिए। तर सरकारले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेपछि कर्मचारी संगठनहरुले आन्दोलन नगर्ने भनेका थिए।
संगठनहरुले आन्दोलन नगर्ने भनेपनि कर्मचारीहरुले भने बिहीबार धर्ना दिएका हुन्।
यसअघि मंगलबार मुख्य सचिवसहित बिभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएस गरेर ध्यानाकर्षण गराइएको थियो।
यस्तै, बुधबार प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई देशैभरीबाट मोवाईल एसएमएसमार्फत् ध्यानाकर्षण गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।