• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक

64x64
नेपाल लाइभ शनिबार, असोज १०, २०८३  ०७:१९
1140x725
फाइल तस्बिर

काठमाडौं– लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा वर्षाका कारण २०८३ भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।

रसुवाको पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। २०८३ भदौ ८ गते उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी जाने कच्ची सडकखण्ड अवरुद्ध भएको थियो। भदौ १० गते आएको बाढीका कारण सडकको अधिकांश भाग नष्ट भएको प्रहरीले जनाएको छ।

रसुवा र नुवाकोट जोड्ने मुख्य पासाङ ल्हामु राजमार्ग त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने क्रममा त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौं–टोखा–छहरे हुँदै विदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, शून्य किलोमिटर, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्ने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।

कोशी प्रदेशका सडकमा राति आवागमन रोक
कोशी प्रदेशका विभिन्न जिल्लामा पनि जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

ताप्लेजुङमा असोज ८ गतेदेखि ११ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म भित्री सडकमा सवारी आवागमन रोकिएको छ। मेची राजमार्ग भने आवश्यक परे मात्र सञ्चालन गरिने जनाइएको छ।

भोजपुरमा असोज ८ गतेदेखि अर्को आदेश नभएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मध्यपहाडी लोकमार्गमा सवारी आवागमन रोकिएको छ। सोलुखुम्बुमा सोही अवधिदेखि बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सिद्धिचरण लोकमार्गमा रोक लगाइएको छ।

उदयपुरमा असोज ८ गतेदेखि १२ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म कटारी–घुर्मी सडकखण्डमा सवारी आवागमन रोकिएको छ। खोटाङमा असोज ८ देखि ९ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मध्यपहाडी लोकमार्गमा रोक लगाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

इलाम र पाँचथरमा असोज ८ देखि ११ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मेची लोकमार्ग तथा भित्री सडकखण्डमा सवारी आवागमन रोकिएको छ। धनकुटामा असोज ७ देखि ११ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म कोशी लोकमार्ग तथा भित्री सडकखण्डमा रोक लगाइएको छ। तेह्रथुममा असोज ८ देखि ९ गतेसम्म सोही समयमा कोशी लोकमार्ग तथा भित्री सडकखण्डमा आवागमन रोकिएको छ।

दाङमा पाँच सडकखण्ड राति बन्द
दाङमा असोज ८ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै प्रत्येक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विभिन्न सडकखण्ड बन्द गरिएको छ।

राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड, भालुवाङ–चकचके सडकखण्डको भालुवाङदेखि गनाहा खोलासम्मको भाग, शहीद मार्गअन्तर्गत घोराही–होलेरी सडकखण्ड, घोराही–मुर्कुटी सडकखण्ड र तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्मको सडकखण्डमा आवागमन रोकिएको छ।

तुलसीपुर–कपुरकोट सडकखण्ड भने असोज ११ गते साँझ ६ बजेसम्म पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, घोराही, दाङले असोज ९ गते सूचना जारी गरेको छ।

Xtrem

Xtrem

रोल्पाको रोल्पा नगरपालिका–७ माडिचौरस्थित मदन भण्डारी राजमार्गमा पनि भारी वर्षाको सम्भावनाका कारण सवारी आवागमनमा रोक लगाइएको छ। असोज ८ गते बिहान १२ः५० बजेदेखि असोज १२ गतेसम्म उक्त सडकखण्डमा सवारीसाधन चलाउन उच्च जोखिम रहेको मूल्याङ्कनपछि रोक लगाइएको हो।

गण्डकी प्रदेशमा पनि राति सवारी रोक
मनाङमा असोज ८ गतेदेखि १२ गतेसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक तथा लमजुङको सीमादेखि खाङसारसम्म रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

कास्की, मुस्ताङ र म्याग्दीमा असोज ८ गते साँझ ६ बजेदेखि असोज ११ गते बिहान ६ बजेसम्म रातिको समयमा सवारी आवागमन रोकिएको छ। कास्कीमा ग्रामीण भेगका सम्पूर्ण सवारीसाधन तथा मुस्ताङ र म्याग्दीमा जिल्लाभित्रका सम्पूर्ण सवारीसाधनमा रोक लगाइएको छ।

पर्वतमा असोज ९ गते साँझ ७ बजेदेखि असोज १० गते बिहान ६ बजेसम्म पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत जिल्लाभित्र पर्ने करिब ५० किलोमिटर सडकखण्ड बन्द गरिएको छ।

बागमतीका विभिन्न सडकखण्ड प्रभावित
चितवनमा असोज ८ गतेदेखि निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो गइरहेकाले अर्को सूचना जारी नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ।

धादिङमा पनि पृथ्वी राजमार्गका विभिन्न स्थानमा लगातार पहिरो गइरहेकाले अर्को सूचना जारी नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर, वडा नं. १० टिङराङखानी तथा गजुरी गाउँपालिका–२ परेवा भीर र वडा नं. ५ बाङ्गेमोडमा असोज ८ गते राति करिब ११ः१० बजे अविरल वर्षाका कारण ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ।

मकवानपुरमा पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि सडकमा चाप बढेकाले त्रिभुवन राजपथमार्फत सवारी सञ्चालनका लागि छुट्टाछुट्टै समय तोकिएको छ। हेटौँडाबाट काठमाडौं जाने सवारीका लागि चौकी टोलबाट असोज ९ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म, असोज १० गते बिहान ४ बजेदेखि दिउँसो ८ बजेसम्म र राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म समय तोकिएको छ।

काठमाडौंंबाट हेटौँडा आउने सवारीका लागि सिमभञ्ज्याङ चौकीबाट असोज ९ गते साँझ ७ बजेदेखि राति ११ बजेसम्म, असोज १० गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते बिहान ७ बजेदेखि ११ बजेसम्म सवारी सञ्चालन गर्न दिइनेछ।

इन्धन तथा एलपी ग्यास बोकेका बाहेक १० चक्काभन्दा लामो र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्डमा अर्को व्यवस्था नभएसम्म पूर्ण रूपमा निषेध गरिएको छ। यात्रुवाहक सवारीसाधनमा ११ मिटर लम्बाइसम्मका सवारीसाधनले मात्र त्रिभुवन राजपथ प्रयोग गर्न पाउनेछन्।

सिन्धुलीमा असोज ८ देखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा आवागमन पूर्ण रूपमा रोकिएको छ। दोलखामा असोज ८ देखि १० गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरका सडकखण्डमा आवागमन रोकिएको छ।

काभ्रेमा असोज ८ देखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ। सिन्धुपाल्चोकमा असोज ८ देखि ९ गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी लोकमार्गमा आवागमन रोकिएको छ।

काभ्रेको रोशी गाउँपालिका–७ चारसयवेशी र रोशी गाउँपालिका–८ गिम्दीवेशीस्थित बीपी राजमार्गमा असोज ९ गते बिहान करिब ४ः३० बजे सडक माथिबाट पहिरो खसेपछि दुवैतर्फको बाटो अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका–८ पकुचास्थित अरनिको राजमार्गमा पनि असोज ९ गते राति ९ः२५ बजे ढुंगासहितको पहिरो खसेर दुवैतर्फको बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।

अन्य जिल्लामा पहिरोले सडक अवरुद्ध
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमामा पर्ने सिद्धिचरण लोकमार्गको भँडारे खोलामा असोज ९ गते बिहान ६ः१५ बजे सडक माथिबाट लेदोसहितको बाढी आएर सडकको भाग गहिरो बनाएको छ। करिब १५ मिटर सडकमा क्षति पुगेपछि लोकमार्ग अवरुद्ध भएको छ।

मनाङको नासो गाउँपालिका–३ खोत्रेस्थित चामे–बेँसीसहर सडकखण्डमा रातिदेखि परेको अविरल वर्षाका कारण ढुंगासहितको पहिरो खसेपछि असोज ९ गते बिहान ६ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–७ सिस्नेभीरस्थित रुद्रवेणी–वामीटक्सार सडकखण्डमा असोज ९ गते दिउँसो ३ः३० बजे लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा असोज ९ गते साँझ ६ः२५ बजे अविरल वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेपछि दुवैतर्फको बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित मध्यपहाडी लोकमार्गमा असोज ९ गते साँझ ६ः४५ बजे लेदोसहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोरमा पनि साँझ ७ः४५ बजे लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

रोल्पाको माडी गाउँपालिका–३ गरगरेस्थित घोराही–थवाङ–रुकुम शहीदमार्गमा असोज ९ गते साँझ करिब ७ बजे ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कर्णाली राजमार्गको गगने खोलामा असोज ९ गते साँझ ७ः३५ बजे ढुंगा, माटो र लेदोसहितको पहिरो आएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ स्यालबिसौनास्थित रिडी–तम्घास मदन भण्डारी राजमार्गमा असोज ९ गते राति ९ः४५ बजे पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, कालिगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा लेदोसहितको पहिरो तथा सोही गाउँपालिका–४ स्थित पातीखोलाको बहाव बढेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

पर्वतको जलजला गाउँपालिका–८ फर्से र लस्तीस्थित पोखरा–बेनी–बागलुङ सडकखण्डमा असोज ९ गते राति १०ः४० बजे अत्यधिक वर्षाका कारण रुख ढलेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलास्थित राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डमा पनि असोज ९ गते राति १०ः४० बजे ढुंगा, लेदो र माटोसहितको पहिरो खसेपछि बाटो पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
जलवायु वित्त र वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको सहभागिताबारे कार्यशाला सम्पन्न
भोटेकोशी बाढीमा फेला परेका १ हजार ४ सय २१ वटा शवको पहिचान हुन सकेन
सम्बन्धित सामग्री
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह नारायणी नदीको देवघाट, चितवन तथा दरमखोलाको वामीटक्सार, बागलुङस्थित जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको छ । शनिबार, असोज १०, २०८३
जलवायु वित्त र वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको सहभागिताबारे कार्यशाला सम्पन्न जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका, नेतृत्व र अर्थपूर्ण सहभागितासम्बन्धी प्रदेशस्तरीय क्षमता अभिवृद्ध... शनिबार, असोज १०, २०८३
भोटेकोशी बाढीमा फेला परेका १ हजार ४ सय २१ वटा शवको पहिचान हुन सकेन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ०५:०० बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ। शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
जलवायु वित्त र वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको सहभागिताबारे कार्यशाला सम्पन्न शनिबार, असोज १०, २०८३
भोटेकोशी बाढीमा फेला परेका १ हजार ४ सय २१ वटा शवको पहिचान हुन सकेन शनिबार, असोज १०, २०८३
वर्षा र पहिरोका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, राति सवारी सञ्चालनमा रोक शनिबार, असोज १०, २०८३
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्