• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सांसद वाग्लेद्वारा सडक सुरक्षा मापदण्डको पालना गर्न सरकारको ध्यानाकर्षण 

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २१, २०८०  ११:४१
1140x725

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद डा स्वर्णिम वाग्लेले सडक सुरक्षा मापदण्डको पालनाको लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

तनहुँ-१ बाट निर्वाचित सांसद वाग्लेले बुधबार बिहान तनहुँ बन्दीपुर गाउँपालिका- ५ स्थित पृथ्वी राजमार्ग सडकखण्डमा ट्रकको ठक्करबाट आयुष भुजेल, चेतबहादुर घर्ती र सनबहादुर भुजेलको मृत्युले आफू असाध्यै दु:खी भएको बताएका छन्। आफ्नो फेसबुकमा एक सन्देश लेख्दै उनले घटनामा आफन्त गुमाएका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

नेपालमा सडक दुर्घटनाबाट मृत्यु दर दक्षिण एसियाली दाँजोमै उच्च हुँदै गएको उनले बताए। गत वर्ष २४,५२६ वटा सडक दुर्घटनामा २,८८३ जनाको मृत्यु, ७२८२ जना गम्भीर घाइते र २५,७२२ जना सामान्य घाइते भएका थिए। 'तनहुँको नवनिर्वाचित सांसदको हैसियतमा जति दुःखी छु, त्यति नै चिन्तित देशको सडकको दुरावस्था र बढ्दो सडक दुर्घटनाहरुबाट छु। नागरिकको जीवनको रक्षा सरकारको पहिलो दायित्व र कर्तव्य हो,' वाग्लेले भने।  

Ncell 2
Ncell 2

उनले सडक सुरक्षाको सन्दर्भमा यसअघि भएका अध्ययन प्रतिवेदनहरुको कार्यान्वयन गर्न आग्रह पनि गरे। उनले सडक दुर्घटनामा परी मृत्यु भएका परिवारलाई प्रदान गरिने बीमा रकम प्राप्तिको प्रक्रिया सरलीकृत गर्दै पीडामा परेका परिवारजनलाई थप सास्ती नदिने उपायहरु खोज्न आवश्यक रहेको पनि बताए।

'सडक दुर्घटनामा घाइते भएकाहरुलाई बेवास्ता गरिँदा सयौं नागरिक अङ्गभङ्ग भई उपेक्षित जीवनयापन गर्न बाध्य भएको हामी सबैले महसुस गरेकै विषय हो। सामाजिक सुरक्षा प्रत्याभूत गर्ने दायित्वबाट राज्य भाग्न नमिल्ने कुरालाई हामी सबैले मनन गर्नुछ।'

सडक दुर्घटना रोकथाम गर्न सकिने विषय हो भन्दै अर्थशास्त्री डा वाग्लेले वर्षायाम सुरु हुनै लाग्दा नेपालका   सडकहरुलाई थप सुरक्षित कसरी बनाउने भन्ने विषयमा सरकारका सम्बन्धित निकायहरुले तत्काल विपद्पूर्वको तयारी थाल्न आग्रह पनि गरेका छन्। 

'सडक सुरक्षा मापदण्डको पूर्ण पालना, विपद् न्यूनीकरणको लागि पूर्वतयारी र सडक स्तरोन्नति लगायतका विषयमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण हुन आवश्यक छ। नेपाल प्रहरीसहित सरकारी निकायहरु, जनप्रतिनिधि र नागरिक सबैले मिलेर काम गर्ने हो भने हामीले हाम्रा सडकहरुलाई सुरक्षित र विश्वासिलो बनाउन सक्छौं। त्यो नै सडक दुर्घटनामा ज्यान गुमाएका हजारौं नागरिकप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। यस कार्यमा लाग्न म सबै जिम्मेवार पक्षलाई आव्ह्वान गर्दछु,’ वाग्लेले भनेका छन्।

झन्डै ३५ हजार मत पाएर तनहुँ- १ बाट निर्वाचित सांसद वाग्लेले गत शुक्रबार मात्रै प्रतिनिधि सभा सदस्यको शपथ लिएका थिए।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ११:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो
आज यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
आज यस्तो रहनेछ देशभरको मौसम हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा मा हुस्सु लागेको छ । आइतबार, पुस ६, २०८२
के हो फ्याट लस ड्रग्स ? कसरी काम गर्छ ? सन् २०२३ मा द लैंसेट डायबिटिज एण्ड एन्डोक्राइनोलोजीका प्रकाशित एक अध्ययनका अनुसार भारतमा करिब १० करोड १० लाख मानिसलाई मधुमेहको समस्य... शनिबार, पुस ५, २०८२
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगर कामपाले ३२ वटै वडा स्तरको स्वास्थ्य सेवालाई अस्पतालसरह प्रदान गर्नेगरी काम गरिरहेको कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी जा... शनिबार, पुस ५, २०८२
ताजा समाचारसबै
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन आइतबार, पुस ६, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम आइतबार, पुस ६, २०८२
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते शनिबार, पुस ५, २०८२
ऋण लिएर होइन, श्रम गरेर मात्र देश बन्छ– हर्क साम्पाङ शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
रवि लामिछानेले भने- चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्