काठमाडौं- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब रुपैयाँ ठगी गरेको प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ।
बुधबार बुटवलबाट पक्राउ परेका उनलाई जहाजमार्फत काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। अब म्याद थपका लागि उनलाई अदालत पेस गर्ने तयारी प्रहरीले गरेको छ।
यसअघि यो प्रकरणमा सचिव टेकनारायण पाण्डेसहितका व्यक्ति पक्राउ परेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।