प्रतिकात्मक तस्बिर
काठमाडौं– मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडातर्फ गइरहेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ बुधबार साँझ हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा दुर्घटनामा परेको थियो।
ज्यान गुमाउनेमा मोटरसाइकल चालक बाराको प्रसौनी गाउँपालिका–५ का २५ बर्षीय लाल बाबु सहनि मलाहा र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २० वर्षीय गोरख भनिने रवीन्द्र मण्डल रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए।
डीएसपी कार्कीका अनुसार दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक मलाहको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पछाडि बसेका मण्डलको घटनास्थल मै मृत्यु भएको कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।