काठमाडौं– कर्मचारीहरुले सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन्। संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरुले सिंहदबारको प्रवेशद्वारामा धर्ना दिने तथा सिंहदरबार प्रवेशमा रोक लगाउने भएका हुन्।
गत बैशाख १९ गते सुरु भएको ३ दिने आन्दोलनअन्तर्गत बिहीबार सिंहदरबार प्रवेशमा रोक लगाइने जनाइएको छ।
यसअघि मंगलबार मुख्य सचिवसहित बिभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएस गरेर ध्यानाकर्षण गराइएको थियो।
यस्तै, बुधबार प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई देशैभरीबाट मोवाईल एसएमएसमार्फत् ध्यानाकर्षण गराइएको नेपाल निजामती कर्मचारी संगठनकाक केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले जानकारी दिए।
बिहीबार भने सिंहदरबार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सिंहदरबार प्रवेश नगर्न आह्वान गर्ने निर्णय भएको कोइरालाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।