• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दाइजोको किस्ता तिर्न फोहोर उठाउँछन् मुस्लिम महिला

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ८, २०७५  ०१:०६
1140x725

इटहरी- सुनसरीको कोसी गाउँपालिकाकी समरीदेवी उराउ आफूबाहेक अरू सबैलाई खुसी देख्छिन्। गाउँका सबै परिवारका छोराहरू कमाउने भएका छन्। ६ सन्तान जन्माउँदा एउटा पनि छोरा नजन्मिनु नै उनको दु:खको कारण हो। हाल उनी ३ छोरी र श्रीमानको साथमा छिन्। ६ मध्ये ३ छोरीको विवाह भइसक्यो। बाँकी रहेका ३ जनाको विवाहको तयारी हुँदैछ।

उनका श्रीमान् साइडमा काम गर्छन्। उनी पनि श्रीमान्‌सँगै साइडमा इँटा बोक्ने काम गर्छिन्। छोरीको उमेरसँगै उनको तनावको पारो पनि बढ्दै गइरहेको छ। ३ छोरीको विवाहका लागि लिएको ऋण तिरिसकेकी छैनन् उनले। लगत्तै अर्की छोरीको पनि विवाहको समय हुन लागेकोमा उनमा चिन्ता थपिएको छ।

ज्वाइँ नपाइने हो कि भन्ने चिन्ताले उनको मन पोलिरहन्छ। दहेज थोरै दियो भने विवाह नै नहुने भएकोले छोरीको विवाहमा समस्या भएको उनी सुनाउँछिन्। 'पहिला ३ छोरीको विवाहमा ९ लाख खर्च भयो। अब अरूको लागि झन् धेरै गर्नुपर्छ। नभए ज्वाइँ मान्दैन,’ उनी भन्छिन्, 'के गर्ने हजुर, मेरो भग्य नै फुटेको रहेछ। यत्रो गर्दा पनि एउटा छोरा जन्मिएन।' ज्वाइँलाई दहेज दिएको ऋण तिरेर मर्न पाएँ हुन्थ्यो भन्ने उनको इच्छा छ।  

खानबस्न राम्रो प्रबन्ध नभएकी समरीदेवी ज्वाइँलाई भने राम्रै दाइजो दिनुपर्ने बताउँछिन्। 'दहेज दिएन भने छोरीलाई हेप्छ। छोरीको मायाले भए पनि दहेज जुटाउनैपर्छ,' उनले बाध्यता सुनाइन्।

दाइजोको सकसमा पिल्सिएकी उनी एक्ली होइनन्। जुलखा खातुनको पीडा पनि उस्तै छ। 

दैनिकी सरसफाइबाट सुरु हुन्छ जुलखाको दिनचरया। घरआँगन सफाइ गरेर उनी सहर सफा गर्न निस्किन्छिन्। दुहबीदेखि इटहरीसम्म उनको 'इलाका' हो।

इटहरी पछिल्लो समय व्यापारिक नगरीको रूपमा परिचित छ। जसले गर्दा मानिसको भिडभाड हुने नै भयो। यसकारण जताजतै फोहोर हुने क्रम बढ्दो छ। यही फोहोर उठाएर जुलखा दैनिकी गुजारिरहेकी छन्।

दुहबी नगरपालिका कार्यालयबाट केही पूर्वतर्फको सुकुम्बासी बस्तीमा छ जुलखाको घर। उनीसँगै छिमेकका साथीहरु पनि उनी जस्तै पेसामा छन्। सकिला, अम्ना, जरीना, सबिना, मरीयम उनका साथी हुन्। सबै विवाहित। पेसासँगै भाषा, धर्म र जात पनि उस्तै।

Ncell 2
Ncell 2
nimb
nimb

जुलखाका श्रीमान् चालक हुन्। उनी पहिले रिक्सा चलाउँथे अहिले सिटी सफारी। त्यही रिक्साबाट पनि जेनेतेन परिवार चलेकै थियो। खानलाउन पुगेकै थियो। सिटी सफारी किने पछि आम्दानी पनि बढ्यो। 

यतिकैमा छोरी माग्न भारतको हरियाणाबाट कुटुम्ब आए। बढेकी छोरी राम्रो कुटुम्ब आएको बेला उम्काउन मन लागेन जुलखालाई। तर समस्याको तगारो बनिदियो दहेज (दाइजो)। 

केटापक्षबाट बाइक र एक लाख रुपैयाँ 'क्यास' हुनुपर्ने माग भयो। उनीहरूसँग त्यो पूरा गर्न सक्ने हैसियत थिएन। मुस्लिम धर्ममा भनिन्छ, वचन दिइसकेपछि हार्नु काँतरसरह हो। काँतर हुनुभन्दा ऋण गर्नु नै एउटा मात्र विकल्प बाकी रह्यो। तर भनेको बेला ऋण दिने पनि कोही थिएन। 

विकास बैंकले घरघरमा खाता खोल्ने कार्यक्रम चलाइरहेको थियो। दैनिक बचत गरेर ऋण भुक्तानी गर्नेलाई बैंकले ऋण दिन्थ्यो। जुलखाका लागि यो कार्यक्रम ढुंगा खोज्दा देउता मिलेझैँ भयो। उनले लगतै २ लाख ७५ हजार रुपैयाँ ऋण लिइन्। 'तीन वर्षका लागि लिएको ऋणको किस्ता हरेक महिना १० हजारका दरले बुझाउनुपर्छ,' जुलखा भन्छिन्, 'ज्वाइँ किन्न साह्रै गाह्रो रैछ।' 

गत मङ्सिरमा उनले दहेज बुझाइन्। तर विवाह भने आगामी असोजमा मात्र हुँदैछ। अगाडिनै बैना गर्न दहेज दिएको उनको भनाइ छ।

२०७७ साल मङ्सिरमा मात्र उनको किस्ता सकिन्छ। त्यसपछि फेरि उनलाई ऋण गर्नुपर्ने बाध्यता आउँदैछ। किनकि माइली छोरीको विवाह गर्नुपर्ने समय नजिकिँदै छ। 

ठूली छोरीको बिहै गर्दा झन्डै तीन लाख लाग्यो। माइलीको पालोमा पाँच लाख रुपैयाँ ऋण गर्ने उनको योजना छ। 'कान्छी छोरी अलिक सानै छ। माइलीको विवाहको किस्ता सकेर मात्र उसको बिहे गर्ने,' मुस्कुराउदै उनी भन्छिन् 'मेरो जिन्दगी दहेज जोरजाममै जान्छ होला।'

उनकै जस्तै समस्या छ, मरीयम खातुनको पनि। उनका श्रीमान् पनि सिटी सफारी नै चलाउँछन्। उनका जम्मा पाँच सन्तान छन्। अहिले तीन छोरी र एक छोरा छन्। एउटी छोरीलाई निमोनिया भएको थियो। खर्च अभावमा उपचार गर्न नसकेपछि पाँच वर्षको उमेरमा बितिन्। 

जेठी छोरीको विवाह भइसक्यो। त्यसबेला उनीहरुले दुई लाख रुपैयाँ दहेजमा दिनुपर्यो। उनी अहिले त्यही दहेजको ऋण तिर्दैछिन्। 'पहिला घडी, साइकलमा हुन्थ्यो। अहिले बाइक र पैसा भएन भने छोरी नै लाँदैनन्,' उनी भन्छिन्, 'त्यसको लागि भए पनि पैसा त कमाउनै पर्यो।' श्रीमान्‌को कमाइबाट घरपरिवार चलाउने र आफूले फोहोर उठाएको कमाइले किस्ता तिर्ने गरेको मरीयम सुनाउँछिन्। 

उनीहरूको मासिक कमाइ १० देखि १५ हजारको बीचमा हुन्छ। कहिलेकाहीँ पानी पर्‍यो भने कमाइ नै नहुने उनीहरू बताउँछन्। अघिल्लो दिन फालेका कार्टुन, कागज, बोतल, प्लास्टिक लगायतका फोहोर भोलिपल्ट बिहानै उनीहरु सङ्कलन गर्ने गर्छन्। 

उनीहरुलाई छोरीहरूले नै घरबाट खाना पकाएर काम गरेको ठाउँमा ल्याइदिने गरेका छन्। खाना खाइसकेपछि उनीहरु दिनभर बजार घुम्छन्। साँझपख कुनै स्थानमा सङ्कलन गरेको सामान मिलाउँछन्। कहिलेकाहीँ श्रीमान्‌ले पनि फोहोरको बोरा बोकेर कवाडी हाउसमा लैजाने गरेको मरीयमले बताइन्। 

पैसा नगदै आउने भएकोले उनीहरू दैनिक रूपमा बचत गर्छन्। प्रायजसो एक्लाएक्लै सङ्कलनमा हिँड्छन्। तर, साँझपख भने एकै ठाउँमा भेला भएर घर फर्कन्छन्। 

यस्तै अर्की पात्र हुन्, अम्ना खातुन् जो दुई छोरा र दुई छोरीकी आमा हुन्। एउटा छोरा रिक्सा चलाउँछन्। अर्काले घरमा खाना पकाउँछन्। छोरीहरू सानै भए पनि उनी सँगै लिएर काममा हिँड्छिन्। कार्टुन टिप्न र कागजका टुक्रा, बोतल टिपेर बोरामा हाल्न उनीहरुले पनि सिकिसकेका छन्।

जरीना खातुनका भने दुई छोरी मात्र छन्। दुइटै छोरीको विवाह गर्ने बेला हुन लागिसक्यो। उनलाई पनि उसैगरी दहेजकै समस्याले पिरोलिरहेको छ। दहेज मात्र होइन उनलाई त श्रीमान्‍को पनि चिन्ता छ। खुट्टामा समस्या भएपछि उनी हिँडडुल गर्न सक्दैनन्। 'श्रीमान्‌का लागि औषधि किन्न धौधौ परेको बेला छोरीको विवाहको कुरा आउँदा मन भारी हुन्छ,' उनले दुखेसो सुनाइन्, 'छोरीको विवाहका लागि खर्च जोहो गर्न थाल्यो भने श्रीमान् बित्छन् भन्ने डर छ। श्रीमान् बचाउन लाग्यो भने छोरी बिकेनन् भनेर बदनाम हुनुपर्छ।'

इटहरीमा मात्र होइन धरान-विराटनगर लगायत सहरका हरेक गल्लीमा भेटिने महिलाहरू सबै मुस्लिम समुदायका छन्। आआफ्नै समस्याको भारी बोकेर उनीहरु दैनिक कर्ममा जुटिरहेका छन्। कलिलै उमेरमा विवाह गरेका र छोराछोरी च्यापेर काट्न बोक्दै हिँड्ने महिलाहरू त यो पेसामा प्रशस्तै छन्। 

प्राय: उनीहरुको समस्या एउटै प्रकृतिको छ। घरमा श्रीमान्‌को कुटाइ खप्न नसकेर आफै कमाइ खान हिँड्नेहरू पनि छन् यहाँ। 'रक्सी खाएर आउने र बिनाकारण कुट्ने गर्छन्,' एक पीडित महिलाले भनिन्, 'घरव्यवहार चलाउन जम्मा गरेको पैसा पनि खोसेर लगिदिन्छन्।'

कोसी गाउँपालिकाका वडा ४ का वडाध्यक्ष महम्मद अमीन मिया आफ्नो गाउँमा दहेजको समस्या अत्यधिक रहेको बताउँछन्। 'हामी हाम्रो गाउँमा दहेज निषेध गर्छौं तर अरू गाउँमा दहेज दिने भएकोले हाम्रो गाउँको छोरी चेलीहरूको विवाह नै हुँदैन,’ उनी भन्छन्, 'पहिला दहेज खासै थिएन। सामान्य घडी साइकलमा हुन्थ्यो तर अहिले मोटरसाइकल र पैसाबिना विवाह नै गर्दैनन्।’ गरिबका छोरीहरूको विवाह नै नहुने समस्या धेरै बढ्दै गएको उनी सुनाउँछन्। 

दाइजो लिनुदिनु कानुनी रूपमा अपराध मानिएको छ। तर सकिला, अम्ना, जरीना, जुलखा, सबिना र मरियम त्यही भोगिरहेका छन्। किनकि अभिभावकले दाइजो कम दिएको वा नदिएको निहुँमा छोरीहरु जलेको उनीहरुले समाचारमा सुनेका छन्। 

'जुटाउनै नसक्ने दाइजो दिन कसलाई मन होला र,' जुलखाले भनिन्, 'छोरीले जिउँदै जल्नु नपरोस् भनेर यस्तो काम गर्नुपरेको छ।'

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०७५  ०१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्