काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताएका छन्।
आइतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरेको भन्दै असन्तुष्टि जनाए।
कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री डा प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे पनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको उनले आरोप लगाए।
उनले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको बताए। कृषि क्षेत्रको विकासका लागि सिँचाइको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।