• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लय गुमाएको नेपाली अर्थतन्त्रः मूकदर्शक सरकार, आत्मविश्वास गुमाएको निजी क्षेत्र र डराएका उपभोक्ता

64x64
नेपाल लाइभ आइतबार, वैशाख १७, २०८०  २१:१९
1140x725

काठमाडौं- देशको अर्थतन्त्र कस्तो छ? यो ठूलो विषय हो। यसको अर्थशास्त्रीय र प्राविधिक जवाफ सरकारका निकायहरुमा भएको तथ्यांक र आवधिक रिपोर्टहरुमा समेटिएका हुन्छन्। तर आजको अर्थतन्त्र कस्तो छ भन्ने जान्न ती रिपोर्टहरु पल्टाउनुपर्ने अवस्था छैन। आम नागरिकको दैनिक जीवनमै अर्थतन्त्रले लय गुमाएको यथेष्ठ संकेत देखापरिसकेको छ।

सामान्य नागरिकहरुमा निराशा बेपत्ता बढेको छ। भनिरहन पर्दैन, नेपालमा धेरै परिवारहरु आफूलाई निम्न मध्यम वा मध्यम वर्ग भन्न रुचाउँछन्। ती परिवारका सदस्यहरुको खल्ती रित्तिँदै गएको छ। पहिला भीडभाड हुने क्याफे, रेस्टुरेन्टहरु अहिले सुस्ताएका छन्। कपडा पसलमा ग्राहक घटेका छन्। सौन्दर्य सामग्रीदेखि खेलकुदका सामग्रीहरुको पसलमा पहिलाको जस्तो भीडभाड देखिन छाडेको गुनासो व्यवसायीहरुले गर्ने गरेका छन्।

नागरिकले बैंकबाट ऋण निकाल्नसक्ने अवस्था छैन। ऋण चाहिएर छट्पटिएकाहरुले ऋण पाउने अवस्था छैन। कतिपय सहकारीका सञ्चालकहरु भागेका कारण गरिब वर्गले दिनको १०/२० रुपैयाँ गरेर जम्मा गरेका पैसा समेत डुबेको छ।

उच्च र सम्भ्रान्त वर्गका हकमा फरक होला, तर सर्वसाधारण भनिनेहरुको हविगत लगभग उस्तै छ। उनीहरुले कम उपभोग गर्न थालेका छन्। पैसा हुनेहरु जोगाउनतिर लागेका छन्। खर्च गर्ने क्रम घटाएका छन्। पैसा नहुनेहरु आत्तिएका छन्। भूइँमान्छेको जस्तो अवस्था छ, फरक स्वरुपमा साना तथा मध्यम खालका व्यापार व्यवसाय गरिरहेकाहरुदेखि ठूला उद्यमीहरुको अवस्था पनि उस्तै छ। अर्थतन्त्र संकटमा पर्दै जाँदा सिंहदरबारमा समेत त्यसको कम्पनहरु देखापर्न थालेको छ।

धर्मराएको अर्थतन्त्र
आममानिसले जे भोगिरहेका छन्, सरकारको औपचारिक तथ्यांक त्योभन्दा फरक छैन। तथ्यांकहरुले समेत देशको अर्थतन्त्रको उत्साहजनक अवस्था चित्रण गर्दैन। जनताको खल्ती रित्तिएजस्तै दबाब राज्यको ढुकुटीमा परेको छ।

तथ्यांकहरु केही तलमाथि होला। मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रतिवेदनहरुमा औपचारिक तथ्यांक आइरहेका छन् र आगामी दिनमा पनि आउने नै छ। तथ्यांकका प्रतिशत र दशमलवलाई छाडेर नेपाली अर्थतन्त्रले लिएको दिशा मात्र हेर्ने हो भने यो सही ढंगले चलिरहेको छैन भन्ने देखिन्छ।

व्यापार घाटा बढ्दो छ। विदेशी मुद्राको सञ्चिती घटेकै छ। अर्थतन्त्र आयातमै अडिएको छ। कर्जा विस्तार अवरुद्ध भएको छ। ब्याजदर बेपत्ता बढेको छ। व्यक्तिले अनुभव गर्ने मूल्यवृद्धि सरकारी तथ्यांकमा देखाइनेभन्दा ज्यादा रहेको अनुभव व्यक्तिव्यक्तिलाई छ।

राजश्व संकलन घटेको छ। सेवा तथा उत्पादन क्षेत्रको बृद्धिदर ऋणात्मक छ। नयाँ रोजगारी सिर्जना हुन सकेको छैन। बजारमा तरलता अभाव छ। बैंकहरु सहज रुपमा ऋण प्रवाह गर्नसक्ने अवस्थामा छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

ठूलाठूला व्यापारीहरुले समेत गैरकानुनी रुपमा घरजग्गामा लगानी गरेका छन्। घरजग्गा क्षेत्रमा मन्दी छाएसँगै बैंकहरुले प्रवाह गरेका ऋणको ठूलो हिस्सा जोखिममा परेको छ। वाणिज्य बैंकहरुबाट राजनीतिक पहुँचको भरमा केही सिमित व्यक्तिहरुले असीमित ऋण लिएको खुलासा हुँदैछ। नवीनताको अभाव छ। नीतिगत बहस लगभग मृतप्रायः छ।

तीनखम्बे अर्थनीति भनेर भनिँदै आएको नेपालमा अर्थतन्त्रको तीनवटै खम्बाहरु अर्थात सरकार, निजी क्षेत्र तथा सहकारी एकैपटक धर्मराएका छन्। अर्थतन्त्रमा यसअघिका भन्दा फरक कम्पनको महसुस गर्न थालिएको छ।

समस्याको जालो
सूक्ष्म कारण र कारकहरु सरकार र सम्बन्धित निकायहरुले पहिल्याउँदै जालान्। र, यदि देशको अर्थतन्त्रको लय फर्काउने हो भने त्यो आवश्यक पनि छ। समग्रतामा हेर्दा, आजको अर्थतन्त्रलाई चलायमान किन भएन भन्ने प्रश्न गर्दा त्यसको जवाफ हुन्छ, अर्थतन्त्र चलायमान बनाउने पक्षहरु सुस्ताए, थाके वा भनौं अर्थतन्त्र चलायमान बनाउन प्रवाह गर्नुपर्ने पैसा प्रवाह गर्न नसक्ने अवस्थामा पुगे।

एउटा क्षेत्र वा पक्ष मात्र होइन। अर्थतन्त्रको 'इकोसिस्टम' नै एकैपटक मुर्झाएको छ। गतिहीन जस्तो देखिएको छ।

Xtrem

Xtrem

नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थी पनि अहिले अर्थतन्त्र चलायमान बनाउने इकोसिस्टममै मन्दी आएको विचार राख्छन्। 'मूल्यवृद्धिको कारण उपभोक्ताको तहबाट अहिले बजारमा माग न्यून भएको छ', नेपाल लाइभसँग कुराकानी गर्दै अवस्थीले भने, 'माग वृद्धि गर्न विभिन्न विधिहरु अपनाउनु पर्छ। सरकारकै तर्फबाट पुूजीगत खर्च बढाएर बजारमा तरलता भित्र्याउन सकिन्छ। तर अहिलेको अवस्था यस्तो छैन। जसले गर्दा माग वृद्धि गर्न सकिएको छैन।'

अवस्थीका अनुसार सरकारको पूंजीगत खर्च नभए पनि उद्योग व्यवसायीहरुले थप लगानी मार्फत बजारलाई गतिशील राख्न सक्थे। तर ब्याजदर वृद्धि भएसँगै व्यवसायीहरुले थप लगानी गर्नसक्ने अवस्था पनि छैन। क्रेडिट वृद्धि पनि छैन।

अर्थात् उपभोक्ता, सरकार र निजी क्षेत्र सबैमा एकैपटक उस्तै प्रकारको समस्याको गाँठो परेको छ।

उसो भए गाँठो फुकाउने कसरी? अवस्थी भन्छन्, 'के गर्दा सबै पक्षको मनोबल बढाउन सकिन्छ भन्ने चुरो पहिचान गर्न आवश्यक छ।' उनका अनुसार मन्दीले आत्मविश्वास गुमाएको निजी क्षेत्रको हकमा बिजुलीलाई सस्तो बनाएर उत्पादन बढाउने जस्ता सुविधाहरु घोषणा गर्दा अर्थतन्त्र चलायमान बनाउन सहज हुन्छ।

'अहिलेको अवस्थाबाट निजी क्षेत्रलाई उत्साहको अवस्थामा लैजान ब्याजदर घटाउने जस्तो नीतिगत उपकरणहरु चलाउनु पर्छ। बजारमा पैसा आउने वातावरण बनाउनुपर्छ', उनले भने।

लय गुमाएको सरकार
तर एउटा फरक छ- आममानिस आत्तिएका छन्। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटकपटक अहिलेको अवस्थाबाट देशलाई बाहिर निकाल्न सरकारले विपद्‌मा जस्तो गरी काम गर्नुपर्ने धारणा राख्दै आएका छन्। तर सरकार बेफिक्री देखिएको छ।

एकातिर मन्त्रीहरु नै कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था छ भन्दैछन्। ठेकेदारहरुको भुक्तानी, अनिवार्य दायित्व अन्तर्गतको सामाजिक सुरक्षा भत्ता, शिक्षकहरुको पेन्सन, अस्पतालहरुलाई बिमा भुक्तानी आदिको भुक्तानी गर्न नसक्ने अवस्थामा पुगिसकेको छ। स्थानीय तथा प्रदेश तहमा दिइने अनुदान समेत कटौती गर्नुपर्ने अवस्थामा पुगेको छ सरकार। राजश्व संकलनभन्दा खर्च बेपत्ता बढ्दै गएको छ।

यस्तो अवस्थामा सरकार आफैं भने समस्याको चुरोसम्म पुग्ने र त्यसलाई समाधान गर्ने दिशामा देखिँदैन। अगाडि देखिकै सरकार र समस्याको विश्लेषण गरी समाधानका लागि काम गर्नुपर्ने ठाउँमा बसेकाहरु यतिसम्म लाचार देखिन्छन् कि उनीहरु एक्सन लिनेभन्दा सुझाव दिँदै बसेको देख्न सकिन्छ।

सरकारका प्रतिनिधि पात्रहरु अर्थतन्त्रको समस्या सम्बोधन गर्न यस्तायस्ता कार्यहरु गरिँदैछ वा गरियो भन्ने ठोस कार्य प्रस्तुत गर्दैनन्। कुनै थिंक ट्यांकले जस्तो यसो गरिनुपर्छ भन्ने उपदेश दिनै व्यस्त छन्।

अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा गोविन्द नेपालका अनुसार सरकार आफैं अलमलिएको जस्तो देखिन्छ।

'देशको अर्थतन्त्रमा यत्रतत्र समस्याहरु छन्। उत्पादनको समस्या, लगानीको समस्या र रोजगारीको समस्या छ। समस्याको चाङ नै छ। मन्दी छ। तर सम्बोधन कसरी गर्ने भन्ने विधिचाहिँ सरकारले तय गर्न सकेको छैन', उनले बताए।

उनका अनुसार सरकारले नियमित कर्मकाण्डी प्रक्रियाबाट बाहिर निस्केर समस्याको पहिचान र नीतिगत सुधारका लागि ढिलाइ गर्नुहुन्न। फजुल खर्चको संरचना तत्काल अन्त्य गरी देशका सबै क्षेत्र तथा पक्षहरुको मनोबल बढाउने काममा लाग्न ढिलाइ गर्दा देशको अर्थतन्त्र थप बर्बादीतिर जानसक्छ। अहिलेको आर्थिक मन्दीको अवस्था सम्बोधन गर्न सरकारले नियमित कर्मचारीतन्त्रको मानसिकताबाट बाहिर निस्केर काम थाल्न ढिलाइ भइसक्यो।
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उ... बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ। एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्रा... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्