complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लथालिंग कांग्रेस

64x64
नवीन झा आइतबार, वैशाख १७, २०८०  १७:२२
1140x725

काठमाडौं- प्रतिनिधि सभाको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल हो, नेपाली कांग्रेस। तर यो पार्टीको सञ्चालन पद्धति भने लथालिंग शैलीको छ। पार्टीको कुनै पनि संरचना पूर्ण छैनन्। पछिल्लो महाधिवेशन भएको डेढ वर्ष बितिसकेको छ। त्यही महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले आफू नेतृत्वको केन्द्रीय कार्यसमितिलाई अहिलेसम्म पूर्णता दिएका छैनन्। साथै, पदाधिकारीदेखि कार्यसम्पादन समिति, संसदीय बोर्ड, संसदीय कार्यसमिति लगायत पार्टीका विभागहरु र भ्रातृ संस्थाहरु सबै अपूर्ण छन्।

२०७८ मंसिर अन्तिममा सुरु भएको महाधिवेशनमा भएको निर्वाचनमार्फत् पुष पहिलो हप्ता नै सभापतिमा देउवा निर्वाचित भएका थिए। प्रधानमन्त्रीका रुपमा तीन तहको आवधिक निर्वाचन सम्पन्न गरेर देशलाई निर्वाचनको मार्गचित्रमा हिँडाउन सफल भएका देउवाले पार्टीलाई भने निश्चित मार्गचित्रमा हिँडाउन असफल भइरहेका छन्।

कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने व्यवस्था छ। तर कांग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमितिदेखि अन्य सबै संरचनाहरुलाई डेढ बर्षसम्म देउवाले अपूर्ण राखेका छन्। १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्ने बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्य मात्र छन्। सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ।

काग्रेसमा विधानतः हरेक दुई महिनामा केन्द्रीय समिति बैठक आह्वान गर्नुपर्ने प्रावधान छ। तर मंसिर ४ को निर्वाचन सम्पन्न भएकै पाँच महिना बितिसक्दा पनि केन्द्रीय समिति बैठक बोलाएर निर्वाचन समीक्षा गर्न आवश्यक ठानिएको छैन। निर्वाचनबाट प्रतिनिधि सभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको थियो। प्रदेशहरुमा पनि ऊ बलियो शक्तिको रुपमा स्थापित छ। तर त्यसको औपचारिक समीक्षा गर्दै निष्कर्ष निकाल्ने दायित्वबाट केन्द्रीय समिति विमुख छ।

गत भदौयता केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन। केही समययता कांग्रेसको तर्फबाट महत्त्वपूर्ण निर्णय लिनुपर्दा देउवाले कार्यसम्पादन समितिको सहारा लिँदै आएको देखिन्छ। तर रोचक के छ भने देउवाले त्यही कार्यसम्पादन समितिलाई पनि पूर्ण बनाएका छैनन्।

पार्टी विधान अनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३७ सदस्यमा सीमित छ। २५ सदस्यीय संसदीय बोर्डमा पदाधिकारी मात्र छन्। बाँकी सदस्य मनोनित गर्न सभापति देउवाले नसकेको अवस्था छ। कांग्रेसमा संसदीय कार्यसमिति ३१ सदस्यीय हुने व्यवस्था छ। संसदीय कार्यसमितिमा संसदीय दलको नेता, उपनेता, राष्ट्रिय सभा सदस्यको दलको नेताका साथै निर्वाचित, मनोनित र पदेन सदस्य गरी ३१ जना रहने व्यवस्था छ। तर त्यो पनि गठन गरिएको छैन।

यससँगै कांग्रेसका भातृ संस्थाहरु, शुभेच्छुक संस्थाहरुसहित पार्टीका विभिन्न विभाग र समितिहरुसमेत अलपत्र देखिन्छ। पार्टी महाधिवेशनको डेढ वर्षमा देउवाले अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति र  केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखहरु मात्र तोकेका छन्। प्रमुखहरु तोकिएका यी समिति र प्रतिष्ठानले पनि पूर्णता पाएको छैन।

केन्द्रीय सदस्य प्रमुख रहने ५१ सदस्यीय २८ वटा विभागहरु गठन नहुँदा पार्टीका केन्द्रीय सदस्यहरु समेत काम न काजका देखिएका छन्। केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भंग गरेर एक महिनाभित्रै केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो। तर यो निर्णय भएको एक वर्षमा देउवाले नेविसंघ, तरुण दल, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ र नेपाल महिला संघमा सभापति मात्र मनोनित गरेका छन्। बाँकी भ्रातृ संस्थाले नेतृत्वसमेत पाएका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे पार्टीका संरचनाहरु पूर्ण नहुनु पार्टीको दुर्भाग्यपूर्ण अवस्थाको सूचक भएको बताउँछन्। ‘पार्टी संरचनाहरु नै नबनाइ पार्टीलाई अगाडि बढाउन सम्भव हुँदैन', पाण्डेले नेपाल लाइभसँग भने, ‘पार्टी संरचनाहरु पूर्णताको विषय सभापतिसँग जोडिएकाले हामीले पटकपटक यो कुरा उठाएका छौं।’

‘सभापति बाहेकका हामी पदाधिकारीहरुले पार्टी संरचनाहरु र खासगरी विभाग र भातृ संस्थाहरुको सवालमा लामो गृहकार्य पनि गर्‍यौं’, उनले भने ‘तर, सभापतिजीले लिनुपर्ने निर्णयहरु नहुँदा कार्यान्वयन हुन सकेन।’

कांग्रेस निकट विश्लेषक शंकर तिवारी कांग्रेसको संरचनाहरु पूर्ण नहुनु र पार्टी लथालिंग अवस्था देखिनुमा सभापति देउवाको राजनीतिक सोच कारक रहेको बताउँछन्। ‘उहाँले जुन सोच र समयसँग राजनीति गर्नुभयो, त्यो आजको समयमा लागू हुँदैन’, तिवारी भन्छन्, ‘त्यसका लागि उहाँ आफैंमा ‘अपडेट’ हुनुपर्‍यो, वा ‘आउट’ हुनुपर्‍यो।’

कांग्रेसका आन्तरिक संरचनाहरु पूर्ण र दुरुस्त बनाउँदै पार्टीका कामहरु सहज गराउन नसक्नुमा सभापति देउवा नै दोषी रहेको तिवारीको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उता देउवा निकट नेताहरु भने पार्टी भित्रको अल्पमत पक्षले अनावश्यक मागहरु राख्ने गरेको र महामन्त्रीद्वयले आफ्नो जिम्मेवारी पुरा नगरेकाले विभाग र भ्रातृ संस्थाहरु समयमा गठन गर्न नसकिएको दावी गर्छन्।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १७:२२
  • #नेपाली_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग अफ्रिकामा रहेका नेपाली समुदाय, नेपालका शुभचिन्तक तथा विभिन्न व्यावसायिक प्रतिष्ठानबाट उक्त सहयोग जुटाइएको हो। नगद सहयोगबाहेक ३५ लाख... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्