• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लथालिंग कांग्रेस

64x64
नवीन झा आइतबार, वैशाख १७, २०८०  १७:२२
1140x725

काठमाडौं- प्रतिनिधि सभाको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल हो, नेपाली कांग्रेस। तर यो पार्टीको सञ्चालन पद्धति भने लथालिंग शैलीको छ। पार्टीको कुनै पनि संरचना पूर्ण छैनन्। पछिल्लो महाधिवेशन भएको डेढ वर्ष बितिसकेको छ। त्यही महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले आफू नेतृत्वको केन्द्रीय कार्यसमितिलाई अहिलेसम्म पूर्णता दिएका छैनन्। साथै, पदाधिकारीदेखि कार्यसम्पादन समिति, संसदीय बोर्ड, संसदीय कार्यसमिति लगायत पार्टीका विभागहरु र भ्रातृ संस्थाहरु सबै अपूर्ण छन्।

२०७८ मंसिर अन्तिममा सुरु भएको महाधिवेशनमा भएको निर्वाचनमार्फत् पुष पहिलो हप्ता नै सभापतिमा देउवा निर्वाचित भएका थिए। प्रधानमन्त्रीका रुपमा तीन तहको आवधिक निर्वाचन सम्पन्न गरेर देशलाई निर्वाचनको मार्गचित्रमा हिँडाउन सफल भएका देउवाले पार्टीलाई भने निश्चित मार्गचित्रमा हिँडाउन असफल भइरहेका छन्।

कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने व्यवस्था छ। तर कांग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमितिदेखि अन्य सबै संरचनाहरुलाई डेढ बर्षसम्म देउवाले अपूर्ण राखेका छन्। १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्ने बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्य मात्र छन्। सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ।

काग्रेसमा विधानतः हरेक दुई महिनामा केन्द्रीय समिति बैठक आह्वान गर्नुपर्ने प्रावधान छ। तर मंसिर ४ को निर्वाचन सम्पन्न भएकै पाँच महिना बितिसक्दा पनि केन्द्रीय समिति बैठक बोलाएर निर्वाचन समीक्षा गर्न आवश्यक ठानिएको छैन। निर्वाचनबाट प्रतिनिधि सभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको थियो। प्रदेशहरुमा पनि ऊ बलियो शक्तिको रुपमा स्थापित छ। तर त्यसको औपचारिक समीक्षा गर्दै निष्कर्ष निकाल्ने दायित्वबाट केन्द्रीय समिति विमुख छ।

गत भदौयता केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन। केही समययता कांग्रेसको तर्फबाट महत्त्वपूर्ण निर्णय लिनुपर्दा देउवाले कार्यसम्पादन समितिको सहारा लिँदै आएको देखिन्छ। तर रोचक के छ भने देउवाले त्यही कार्यसम्पादन समितिलाई पनि पूर्ण बनाएका छैनन्।

पार्टी विधान अनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३७ सदस्यमा सीमित छ। २५ सदस्यीय संसदीय बोर्डमा पदाधिकारी मात्र छन्। बाँकी सदस्य मनोनित गर्न सभापति देउवाले नसकेको अवस्था छ। कांग्रेसमा संसदीय कार्यसमिति ३१ सदस्यीय हुने व्यवस्था छ। संसदीय कार्यसमितिमा संसदीय दलको नेता, उपनेता, राष्ट्रिय सभा सदस्यको दलको नेताका साथै निर्वाचित, मनोनित र पदेन सदस्य गरी ३१ जना रहने व्यवस्था छ। तर त्यो पनि गठन गरिएको छैन।

यससँगै कांग्रेसका भातृ संस्थाहरु, शुभेच्छुक संस्थाहरुसहित पार्टीका विभिन्न विभाग र समितिहरुसमेत अलपत्र देखिन्छ। पार्टी महाधिवेशनको डेढ वर्षमा देउवाले अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति र  केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखहरु मात्र तोकेका छन्। प्रमुखहरु तोकिएका यी समिति र प्रतिष्ठानले पनि पूर्णता पाएको छैन।

केन्द्रीय सदस्य प्रमुख रहने ५१ सदस्यीय २८ वटा विभागहरु गठन नहुँदा पार्टीका केन्द्रीय सदस्यहरु समेत काम न काजका देखिएका छन्। केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भंग गरेर एक महिनाभित्रै केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो। तर यो निर्णय भएको एक वर्षमा देउवाले नेविसंघ, तरुण दल, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ र नेपाल महिला संघमा सभापति मात्र मनोनित गरेका छन्। बाँकी भ्रातृ संस्थाले नेतृत्वसमेत पाएका छैनन्।

Ncell 2
Ncell 2

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे पार्टीका संरचनाहरु पूर्ण नहुनु पार्टीको दुर्भाग्यपूर्ण अवस्थाको सूचक भएको बताउँछन्। ‘पार्टी संरचनाहरु नै नबनाइ पार्टीलाई अगाडि बढाउन सम्भव हुँदैन', पाण्डेले नेपाल लाइभसँग भने, ‘पार्टी संरचनाहरु पूर्णताको विषय सभापतिसँग जोडिएकाले हामीले पटकपटक यो कुरा उठाएका छौं।’

‘सभापति बाहेकका हामी पदाधिकारीहरुले पार्टी संरचनाहरु र खासगरी विभाग र भातृ संस्थाहरुको सवालमा लामो गृहकार्य पनि गर्‍यौं’, उनले भने ‘तर, सभापतिजीले लिनुपर्ने निर्णयहरु नहुँदा कार्यान्वयन हुन सकेन।’

कांग्रेस निकट विश्लेषक शंकर तिवारी कांग्रेसको संरचनाहरु पूर्ण नहुनु र पार्टी लथालिंग अवस्था देखिनुमा सभापति देउवाको राजनीतिक सोच कारक रहेको बताउँछन्। ‘उहाँले जुन सोच र समयसँग राजनीति गर्नुभयो, त्यो आजको समयमा लागू हुँदैन’, तिवारी भन्छन्, ‘त्यसका लागि उहाँ आफैंमा ‘अपडेट’ हुनुपर्‍यो, वा ‘आउट’ हुनुपर्‍यो।’

कांग्रेसका आन्तरिक संरचनाहरु पूर्ण र दुरुस्त बनाउँदै पार्टीका कामहरु सहज गराउन नसक्नुमा सभापति देउवा नै दोषी रहेको तिवारीको भनाइ छ।

उता देउवा निकट नेताहरु भने पार्टी भित्रको अल्पमत पक्षले अनावश्यक मागहरु राख्ने गरेको र महामन्त्रीद्वयले आफ्नो जिम्मेवारी पुरा नगरेकाले विभाग र भ्रातृ संस्थाहरु समयमा गठन गर्न नसकिएको दावी गर्छन्।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १७:२२
  • #नेपाली_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोग पठाइएको देउवा समूहका नेता मीन व... आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने तर, नेपाली काँग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिमा निर्वाचन तालिका प्रभावित हुनसक्ने आशंकामा राजीनामा नगर्ने रणनीति बनाइएको बु... आइतबार, माघ ४, २०८२
देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्। देउवा पक्षले रिटको पेसी आजै तोकेर सुनुवाइ गरिदिन आग्रह गरेका थि... आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको पेसी माघ ६ गतेको लागि तोकियो आइतबार, माघ ४, २०८२
देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी आइतबार, माघ ४, २०८२
राष्ट्रिय सभाका तीन सांसदले दिए राजीनामा आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्