काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा १०० रुपैयाँले बढेपछि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।