काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा ५०० रुपैयाँले घटेपछि शुक्रबार छापावाल सुन प्रतितोलाको मूल्य १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँ कायम भएको छ। बिहीबार भने चाँदीको कारोबार अघिल्लो दिन (बुधबार)कै दररेटमा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।