• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कामना बैंक घोटाला प्रकरण : मुद्दा नचलाउने निर्णयमा बाझियो राय, उठेन टिप्पणी

64x64
नारायण अधिकारी बिहीबार, वैशाख १४, २०८०  १८:५५
1140x725

काठमाडौं– कामना विकास बैंकको झापास्थित दमक शाखाको करिब २ करोड रुपैयाँ घोटाला प्रकरणको मुद्दा नचल्ने निर्णय गराउने क्रममा राय बाझिएको छ। राय बाझिएपछि टप्पणीसमेत उठ्न सकेको छैन।

प्रहरीले बैंकिङ कसुरमा अनुसन्धान सकेर मुद्दा चलाउनुपर्ने रायसहित पठाएको फाइलमा जिल्ला सरकारी वकिल कार्यालयदेखि उच्च सरकारी वकिल कार्यालयसम्म मुद्दा चलाउनु नपर्ने भन्दै निर्णय गरेका थिए।

दुई सरकारी वकिल कार्यालयबाट मुद्दा चलाउनु नपर्ने निर्णय गरिएको उक्त अनुसन्धान फाइल अहिले काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो। तर महान्यायाधिवक्ताको कार्यालयमा आएपछि राय बाझिएपछि उक्त फाइल अहिले अघि बढ्न सकेको छैन।

महान्यायाधीवक्ता कार्यालयका दुई सहन्यायाधीवक्ताहरुले कामना विकास बैंका यस्तै प्रकृतिको ४ वटा मुद्दा यसअघि नै चलिसकेकाले अहिले भने मुद्दा नचल्ने निर्णय गराउन नसकिने भन्दै टिप्पणीसमेत नउठाएपछि फाइल अलपत्र परेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

१ हजार रुपैयाँका घोटालाम समेत मुद्दा चलाउने गरिएकोमा करोडभन्दा बढी घोटाला हुँदासमेत मुद्दा नचलाउँदा गलत नजिर जाने भन्दै दुई सहन्यायाधिवक्ताले हस्ताक्षरसमेत गर्न नमानेपछि अहिले फाइल अलपत्र परेको छ।

सहन्यायाधिवक्ताबाट सदर गरेपछि उक्त फाइल नायव महान्यायाधिवक्ता हुँदै महान्यायाधिवक्ताकोमा पुगेपछि सदर हुने गर्छ। तर दुई सहन्यायाधिवक्ताले टिप्पणी नै नउठाने भन्दै अहिले उक्त फाइल नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेकोमा फिर्ता गरेका छन्। अहिले उक्त फाइल नायव महान्यायाधिवक्ता घिमिरेको टेबलमा आएर थन्किएको स्रोतले जानकारी दियो।

१ करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै बैंकिङ कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान सकेर फाइल दुई साताअघि जिल्ला सरकारी वकिल कार्यालय झापामा बुझाइएको थियो।

बैंकका कर्मचारी र ऋणी गरेर ९ जनालाई प्रहरीले प्रतिवादी बनाएको थियो। त्यसमध्ये सञ्जिव निरौला, समीर कार्की र सुवास दाहाललाई भने फरार प्रतिवादी बनाइएको थियो। तर सरकारी वकिल कार्यालयले प्रहरीको प्रतिवेदन विपरीत मुद्दा नचल्ने निर्णय गर्दै आफ्नो निर्णय सदरका लागि उच्च सरकारी वकिल कार्यालयमा पठाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

गत माघ १८ गते झापा प्रहरीले कामना विकास बैंकको दमक शाखाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रवीण बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको थियो। मिलेमतोमा कमसल धितो राखेर करोडौं ऋण दिएको खुलेपछि बैंकका कर्मचारी र ऋणीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेको दुई दिनपछि नै उनीहरू हाजिरी जमानीमा छुटेका थिए।

राष्ट्र बैंकले छानबिन गर्दा कामनाको दमक शाखाले कमसल धितो राखेर धेरै कर्जा प्रवाह गरको खुलेपछि अनुसन्धान गरेर कारबाही गर्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेको थियो।

त्यसपछि सीआईबीले झापा प्रहरीलाई अनुसन्धान गरी कारबाही गर्न भनेपछि झापा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सीईओसहित चार जनालाई पक्राउ गर्दा इलाका प्रहरी कार्यालय दमकको प्रमुखमा डीएसपी दिलिप गिरी थिए। अहिले उनको ठाउँमा डीएसपी देवानन्द मिश्र आएका छन्। मिश्रले आफूले अनुसन्धान गरेर फाइल बुझाएको तर त्यसपछि के भयो भन्ने जानकारी नभएको दाबी गरे।

यता जिल्ला सरकारी वकिल कार्यालयले भने केही व्यक्तिको हकमा मात्रै मुद्दा नचल्ने निर्णय भएको बताएको छ। प्रहरीले प्रतिवादी बनाएका सबैको हकमा नभइ केही व्यक्तिको संलग्नता नदेखिएकाले उनीहरूलाई मात्रै मुद्दा नचल्ने निर्णय गरिएको सरकारी वकिल कार्यालयको दाबी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि पनि सेटिङमै बैंकका कर्मचारीको मिलेमतोमा साढे १४ करोडको कर्जा प्रवाह भएको भन्दै पक्राउ गरेर मुद्दा चलाइएको थियो। कामना सेवा विकास बैंकले २०७६ असारपछि एक वर्षमा सविन एण्ड ब्रोदर्श रियल स्टेटलाई चार करोड, क्रियन्स इन्जिनियरिङलाई चार करोड, आस्थालक्ष्मी सव प्रालिलाई दुई करोड ४० लाख, थापा ब्रोदर्श एण्ड कम्पनी प्रालिलाई दुई करोड ६० लाख र सुवास दाहाल नाम गरेका व्यक्तिलाई एक करोड ४० लाख ऋण प्रवाह गरेको थियो।

ऋण लिएको केही समयपछि नै किस्ता नतिरेपछि धितो मूल्यांकन गर्दा कमसल भएको रहेको खुलेको थियो। त्यसपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। उनीहरू बैंकिङ कसुरको मुद्दामा धरौटीमा रिहा भएका थिए। तर सरकारी दस्तखत कीर्तेमा बैंकका तत्कालीन कोशी प्रदेश प्रमुख सुजन छाराहाङ भने पुर्पक्षमा गएका थिए। बैंकले आन्तरिक अनुसन्धान गरेपछि मूल्यांकनकर्ता कमल नेपालले भने आत्महत्या नै गरेका थिए।

यो पनि पढ्नुहोस

महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरिँदै, काठमाडौं आइपुग्यो फाइल

 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा द... आइतबार, कात्तिक ८, २०८३
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन... शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द राष्ट्र बैंकले सूचना जारी गर्दै वेबसाइट तथा सेवा अस्थायी रूपमा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारण... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्