• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कामना बैंक घोटाला प्रकरण : मुद्दा नचलाउने निर्णयमा बाझियो राय, उठेन टिप्पणी

64x64
नारायण अधिकारी बिहीबार, वैशाख १४, २०८०  १८:५५
1140x725

काठमाडौं– कामना विकास बैंकको झापास्थित दमक शाखाको करिब २ करोड रुपैयाँ घोटाला प्रकरणको मुद्दा नचल्ने निर्णय गराउने क्रममा राय बाझिएको छ। राय बाझिएपछि टप्पणीसमेत उठ्न सकेको छैन।

प्रहरीले बैंकिङ कसुरमा अनुसन्धान सकेर मुद्दा चलाउनुपर्ने रायसहित पठाएको फाइलमा जिल्ला सरकारी वकिल कार्यालयदेखि उच्च सरकारी वकिल कार्यालयसम्म मुद्दा चलाउनु नपर्ने भन्दै निर्णय गरेका थिए।

दुई सरकारी वकिल कार्यालयबाट मुद्दा चलाउनु नपर्ने निर्णय गरिएको उक्त अनुसन्धान फाइल अहिले काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो। तर महान्यायाधिवक्ताको कार्यालयमा आएपछि राय बाझिएपछि उक्त फाइल अहिले अघि बढ्न सकेको छैन।

महान्यायाधीवक्ता कार्यालयका दुई सहन्यायाधीवक्ताहरुले कामना विकास बैंका यस्तै प्रकृतिको ४ वटा मुद्दा यसअघि नै चलिसकेकाले अहिले भने मुद्दा नचल्ने निर्णय गराउन नसकिने भन्दै टिप्पणीसमेत नउठाएपछि फाइल अलपत्र परेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

१ हजार रुपैयाँका घोटालाम समेत मुद्दा चलाउने गरिएकोमा करोडभन्दा बढी घोटाला हुँदासमेत मुद्दा नचलाउँदा गलत नजिर जाने भन्दै दुई सहन्यायाधिवक्ताले हस्ताक्षरसमेत गर्न नमानेपछि अहिले फाइल अलपत्र परेको छ।

सहन्यायाधिवक्ताबाट सदर गरेपछि उक्त फाइल नायव महान्यायाधिवक्ता हुँदै महान्यायाधिवक्ताकोमा पुगेपछि सदर हुने गर्छ। तर दुई सहन्यायाधिवक्ताले टिप्पणी नै नउठाने भन्दै अहिले उक्त फाइल नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेकोमा फिर्ता गरेका छन्। अहिले उक्त फाइल नायव महान्यायाधिवक्ता घिमिरेको टेबलमा आएर थन्किएको स्रोतले जानकारी दियो।

१ करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै बैंकिङ कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान सकेर फाइल दुई साताअघि जिल्ला सरकारी वकिल कार्यालय झापामा बुझाइएको थियो।

बैंकका कर्मचारी र ऋणी गरेर ९ जनालाई प्रहरीले प्रतिवादी बनाएको थियो। त्यसमध्ये सञ्जिव निरौला, समीर कार्की र सुवास दाहाललाई भने फरार प्रतिवादी बनाइएको थियो। तर सरकारी वकिल कार्यालयले प्रहरीको प्रतिवेदन विपरीत मुद्दा नचल्ने निर्णय गर्दै आफ्नो निर्णय सदरका लागि उच्च सरकारी वकिल कार्यालयमा पठाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

गत माघ १८ गते झापा प्रहरीले कामना विकास बैंकको दमक शाखाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रवीण बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको थियो। मिलेमतोमा कमसल धितो राखेर करोडौं ऋण दिएको खुलेपछि बैंकका कर्मचारी र ऋणीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेको दुई दिनपछि नै उनीहरू हाजिरी जमानीमा छुटेका थिए।

राष्ट्र बैंकले छानबिन गर्दा कामनाको दमक शाखाले कमसल धितो राखेर धेरै कर्जा प्रवाह गरको खुलेपछि अनुसन्धान गरेर कारबाही गर्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेको थियो।

त्यसपछि सीआईबीले झापा प्रहरीलाई अनुसन्धान गरी कारबाही गर्न भनेपछि झापा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सीईओसहित चार जनालाई पक्राउ गर्दा इलाका प्रहरी कार्यालय दमकको प्रमुखमा डीएसपी दिलिप गिरी थिए। अहिले उनको ठाउँमा डीएसपी देवानन्द मिश्र आएका छन्। मिश्रले आफूले अनुसन्धान गरेर फाइल बुझाएको तर त्यसपछि के भयो भन्ने जानकारी नभएको दाबी गरे।

यता जिल्ला सरकारी वकिल कार्यालयले भने केही व्यक्तिको हकमा मात्रै मुद्दा नचल्ने निर्णय भएको बताएको छ। प्रहरीले प्रतिवादी बनाएका सबैको हकमा नभइ केही व्यक्तिको संलग्नता नदेखिएकाले उनीहरूलाई मात्रै मुद्दा नचल्ने निर्णय गरिएको सरकारी वकिल कार्यालयको दाबी छ। 

Xtrem

Xtrem

यसअघि पनि सेटिङमै बैंकका कर्मचारीको मिलेमतोमा साढे १४ करोडको कर्जा प्रवाह भएको भन्दै पक्राउ गरेर मुद्दा चलाइएको थियो। कामना सेवा विकास बैंकले २०७६ असारपछि एक वर्षमा सविन एण्ड ब्रोदर्श रियल स्टेटलाई चार करोड, क्रियन्स इन्जिनियरिङलाई चार करोड, आस्थालक्ष्मी सव प्रालिलाई दुई करोड ४० लाख, थापा ब्रोदर्श एण्ड कम्पनी प्रालिलाई दुई करोड ६० लाख र सुवास दाहाल नाम गरेका व्यक्तिलाई एक करोड ४० लाख ऋण प्रवाह गरेको थियो।

ऋण लिएको केही समयपछि नै किस्ता नतिरेपछि धितो मूल्यांकन गर्दा कमसल भएको रहेको खुलेको थियो। त्यसपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। उनीहरू बैंकिङ कसुरको मुद्दामा धरौटीमा रिहा भएका थिए। तर सरकारी दस्तखत कीर्तेमा बैंकका तत्कालीन कोशी प्रदेश प्रमुख सुजन छाराहाङ भने पुर्पक्षमा गएका थिए। बैंकले आन्तरिक अनुसन्धान गरेपछि मूल्यांकनकर्ता कमल नेपालले भने आत्महत्या नै गरेका थिए।

यो पनि पढ्नुहोस

महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरिँदै, काठमाडौं आइपुग्यो फाइल

 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उ... बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ। एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्रा... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्