काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा १०० रुपैयाँले घटेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य भने यथावत् रहेको। बुधबारजस्तै बिहीबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।