काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था नभएको बताएका छन्। राजधानीमा कान्तपुर मिडियाले आयोजना गरेको आर्थिक समिटमा बोल्दै उनले सामाजिक सुरक्षा भत्ता नकट्ने पनि बताए।
‘म आश्वस्त पार्न चाहन्छु, साधारण खर्चको शीर्षकमा तलब-भत्ता पर्छ। सामाजिक सुरक्षा भत्ता पर्छ। प्रदेश, स्थानीय सरकारलाई दिने अनुदान पर्छ। स्वास्थ्य र शिक्षामा दिने अनुदान पनि पर्छ। अहिले तलब-भत्ता नै खुवाउन नसक्ने अवस्था होइन,’ मन्त्री महतले भने।
अर्थमन्त्री महतले सबैले तलब-भत्ता पाउने आश्वासन दिए । उनले भने, ‘राज्य संयन्त्रका सबैले तलब पाउँछन्। सामाजिक भत्ता हटाउने अवस्थामा छैनौँ। हाम्रो कोसिस भनेको साधारण खर्च भित्रका सवारी खरिद गर्ने, संरचना बनाउनेमा कटौती गर्नेमा छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।