काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले मौद्रिक नीतिलाई अलि खुकुलो बनाउनुपर्नेमा जोड दिएका छन्। राजधानीमा कान्तिपुर मिडियाले आयोजना गरेको आर्थिक समिटमा बोल्दै मन्त्री महतले उक्त कुरा बताएका हुन्।
‘राष्ट्र बैंकको जुन कसिलो तथा संकुचित मौद्रिक नीति छ, त्यसलाई अलि खकुलो बनाउनुपर्यो। त्यसले ब्याजदर तल आउँछ र मौद्रिक नीतिका अन्य प्रावाधानमार्फत पुँजी प्रवाह बढ्छ,’ मन्त्री महतले भने।
यस्तै, मन्त्री महतले वैदेशिक सहयोगबाट, ऋणबाट, आन्तरिक ऋणबाट र राजस्वबाट जुटाएर गर्ने पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्ने बताए। मन्त्री महतले आर्थिक वर्षको ९ महिनासम्म प्रभावकारी काम नहुनाले पुँजीगत खर्च हुन नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।