काठमाडौं– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी अहिलेको आर्थिक अवस्था मन्दी नरहेर आर्थिक शिथिलता रहेको बताएका छन्।
कान्तिपुर मिडिया ग्रुपले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक समिटमा बोल्दै गर्भनर अधिकारीले उक्त कुराको दावी गरेका हुन्।
‘अहिले मन्दीको स्थिति हैन। मन्दीको परिभाषा भनेको सामान्यत: निरन्तररुपमा दुईटा क्वार्टरमा नेगटिभ आर्थिक दर हुनु पर्छ। हाम्रो यो वर्षको पहिलो त्रैमासिक रिपोर्टले १ प्रतिशत भन्दा कम वृद्धि दर देखाएको छ। र, समग्रमा अन्य अध्ययन र बाहिरी अध्ययनहरुका साथै राष्ट्र बैंककै अध्ययनले पनि चालु आर्थिक बर्षमा ४ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुने अनुमान छ,’ गर्भनर अधिकारीले भने, ‘यो आर्थिक शिथिलता हो, तर मन्दी नै भनेर भन्न मिल्दैन।’
यस्तै, नेपालको वित्तिय प्रणाली अत्यन्तै सुरक्षित रहेको गर्भनर अधिकारीले बताएका छन्। उनले साउथ एसियाका अन्य मुलुकसँग दाँजेर हेर्दा अहिलको नेपालको अवस्था राम्रो रहेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।